Posts

Showing posts from July, 2018

’सुश्री सम्पत्ति’को गीत छायांकन

Image
पछिल्लो समय चलचित्रको गीत संगीतलाई निकै ध्यान दिने गरिन्छ । किनकी यसैको माध्यमले दर्शक हलसम्म आउने गरेको प्रमाणित भईसकेको छ । प्रचार प्रसारको बलियो माध्यम हुने भएकोले नै गीत संगीतलाई फरक तथा आकर्षक बनाउन चलचित्र युनिट लागिपर्ने गरेका छन् । गीत संगीतलाई केहि पृथक देखाउने कोसिस सहित भाद्र २२ मा प्रदर्शन हुने चलचित्र ’सुश्री सम्पति’ युनिटले छायाँकन गरिरहेको छ । चलचित्रमा समावेश ’हुकुम’ बोलको गीतमा दरबारमा भारदारहरुसंगको नाच र रमाइलो प्रस्तुत गरिएको छ भने पोशाक पनि त्यहि अनुरुप तयार गरिएको छ । झन्डै ८० भन्दा बढी कोरस सहित यसगीतमा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन् । गीतलाई गम्भीर बिस्टले निर्देशन गरिरहेका छन् । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा बिशाल राई र मेलिना राइको स्वर रहेको छ । गीतलाई शिवराम श्रेष्ठले छायाँकन गरिरहेका छन् । चलचित्रका छायाँकार भने अर्जुन तिवारी हुन् । रंग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको यस चलचित्रको गीतको पाटन दरबार लगायतको रमणीय दृश्यमा छायाँकन भईरहेको छ । चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श