निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !


काठमाडौँ– कोरोना भाइरसको महामारीका कारण जारी निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुलेको छ ।

गृहमन्त्रालयका एक अधिकारीका अनुसार गत आइतबार विहान प्रदेश नं. ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवती लिएर स्वयम्भुमा पुगी सार्वजनिक स्थलमा अस्वभाविक गतिविधि देखाउने व्यक्त सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ सहर आयोजनाका निर्देशक रोशन श्रेष्ठ रहेको खुलेको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियो र तस्वीरमा अनुहार प्रष्ट नखुले पनि गाडी नम्बरका आधारमा उनको परिचय खुलेको हो। आइतबार बिहान करिब ११ बजेको समयमा सेतो नम्बर प्लेटको सरकारी गाडीमा युवती लिएर उनी स्वयम्भु डाँडामा पुगि ‘डेटिङमा मस्त’ रहेको तस्वीर तथा भिडियो सार्वजनिक भएको थियो ।

पत्रकार छायाचन्द्र भण्डारीले स्वयम्भुको डाँडाको एक कुनामा उनीहरुको ‘मोजमस्तीमा लिप्त’ बनेको भिडियो र तस्वीर खिचेका थिए । जोडीको उक्त हर्कतपछि पत्रकार भण्डारीले उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु हतार–हतार दौडिए र तत्कालै गाडी स्टार्ट गरेर भागेका थिए ।

बिहान ११ बजे स्वयम्भु पुगेको उक्त जोडी पत्रकार भण्डारीले प्रश्न गर्नथालेपछी १२ः४५ बजे त्यहाँबाट निस्किएका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको र सत्य तथ्य बुझेर सरकारी गाडी दुरुपयोग गर्दै सार्वजनिक स्थलमा अस्वभाविक हर्कत गर्नेलाई कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए ।




Comments

Post a Comment

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

नालापानी बन्ने भयो ।