सुनिल सिङ र भिम फेदी गाईजको नयाँ म्युजिक भिडियो"दिमाग खालि"हेर्नुहोस्।


गायक सुनिल सिंह ठकुरीको नयाँ गीत दिमाग खाली सार्वजनिक भएको छ। लभ क्याफे फिल्ममा रहेको उक्त गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने अल्मोडा राना उप्रेतीले गीतको एरेन्ज गरेका हुन। भिडियोमा भिम फेदी गाईजलाई फिचर गरिएको छ। एस गीतको भिडियो मोहनराज अधिकारिले निर्देशन् गरेका हुन। ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन। भिडियोमा रन्जित पौडेल, दीपेन्द्र कार्की, पूजा परीयार र कुसुम गुरागाईको अभिनय रहेको छ।
"हालत खराब" "घटना घट्यो" र "१४ अंचल" जस्तो सफल गीतहरु गाएका गायक सुनिल सिंह ठकुरी एउटा नँया गीत मार्फत फेरी प्रस्तुत भएका छन् । केहि महिना अघि युट्युबमा गीतको अडियो सार्वजनिक गरेपछि निक्कै राम्रो प्रतिकृया पाएर हौसिएका यी गायक ले भर्खरै सोहि गीतको भिडियो लिएर पुन उपस्थित भएका हुन् ।
कलेज पढ्ने केटाहरुमा केन्द्रित रहेर बनाइएको यो गीतको शब्दले जो कसैको बास्तबिक जीवनसंग पनि मेल खान सक्ने भएकाले आफुले यो गीत बनाएको गायक सुनिल सिंहको भनाइ थियो। गायक सुनिलसंगको कुराकानी बृस्तित रूपमा हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।

भिडियो यहाँ हेर्नुहोस् :

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।