चलचित्र ‘ए मेरो हजुर २’ को ट्रेलर सार्वजनिक (भिडियो) ।

उजन नेम्बाङ,काठमाडौं। 
एक दशक अघि प्रदर्शनमा आएर सफल चलचित्र ‘ए मेरो हजुर’ को सिक्वेल ‘ए मेरो हजुर २’निर्माण सम्पन्न भएको छ दुइ वटा गीत सार्बजनिक गरेर चर्चामा रहेको चलचित्रको ट्रेलर सार्बजनिक गरिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर ट्रेलर सार्बजनिक गरिएको हो । चलचित्रकी मुख्य कलाकार सम्राज्ञी राज्यलक्ष्मी शाह प्रेसमिटमा ढिला उपस्थित हुँदा कार्यक्रम अलिक लामो बनेको थियो ।
सार्बजनिक ट्रेलरले फ्रेन्डसिप, र प्रेमका कुरा भन्छ । सार्वजनिक ट्रेलर साहिल खानले तयार गरेका हुन् । ट्रेलरमा डाइलग मन छुने खालका छन् । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरेको चलचित्र लाइ सुनिलकुमार थापाले निर्माण गरेका हुन् । झरना थापा डेब्यु सिनेमामा सलिनमान बानियाँ, सम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत, विल्सनविक्रम राई, बुद्दी तामाङ, सुमन पौडेल, अनुभव रेग्मी, अजश्र ढुंगाना, अनुराग कुँवर लगायतका कलाकारको अभिनय छ । भदौ १६ बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र प्रतिक्षित बनेको छ ।
ट्रेलर हेर्न तलको लिन्क खोल्नुहोस्।
"मायाको खेल"गीत को भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।