"मिस टिन पुर्वाञ्चल २०१७" काे तेस्राे संस्करण अडिशन नजिकिदै।।



पूर्वाञ्चल (प्रदेश न.१)मा रहेका १३ देखि १९ बर्ष सम्मका किशाेरीहरु प्रतिभा प्रस्फुटन तथा माेडलिङ्ग क्षेत्रमा रुचि भएका किशाेरीहरुलाई उचित प्रशिक्षणबाट अन्तर्राष्ट्रिय स्तर सम्मकाे क्षमतावान बनाउने उद्देश्यका साथ बिर्ता मिडिया एण्ड इन्टरटेण्टमेण्ट प्रा.लि.काे आयाेजनामा "मिस टिन पुर्वाञ्चल २०१७" काे तेस्राे संस्करण आयाेजना हुन गई रहेकाे छ। मिस टिन बिजेताले बाेष्टन एजुकेशन सेन्टरकाे संयाेजनमा Echilon excellence engineering education बाट पाँच लाख बराबरकाे छात्रबृति (scholarship) , अन्य बिभिन्न आकर्षक पुरस्कार हरु तथा उत्कृष्टले म्युजिक भिडियाे हरुमा समेत अवसर रहेकाे जानकारी यस प्रा.लि.का संयाेजक तथा प्रमुख काेरियाेग्राफर राज सुब्बा लावतीले दिनु भयाे।
त्यसै गरि यस कार्यक्रममा व्यक्तित्व तथा नेतृत्व विकास, उदघाेषण, नृत्य,गायन,नेपाली संस्कृति,सामाजिक रहनसहन,काेरियाेग्राफी,आत्मविश्वास,फाेटाेग्राफी , पत्रकारिता तथा माेडलिङ्ग संग सम्बन्धित सम्पुर्ण बिषयकाे प्रशिक्षण गराइने जानकारी यस प्रा.लि. का निर्देशक एल.सि.श्रेष्ठ ज्युले दिनु भयाे। बिगत १० बर्ष देखि बिर्ता मिडियाले विभिन्न ठाउहरुमा लगभग २०/२१ वटा यस्ता किसिमका कार्यक्रमहरु गर्दै आइ रहेकाे यश प्रा.लि.ले सबै कार्यक्रममा निष्पक्षताकाे उदाहरण दिई सकेकाे यस कार्यक्रमकाे फाइनलमा नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुकाे बेजाेड प्रस्तुति रहने छ।  मुख्य प्रायाेजन र सहप्रायाेजन गर्न चाहने संस्थाहरू यस प्रा.लि. निर्देशक तथा संयाेजक संग सम्पर्क गर्न सक्नु हुन्छ। मिस टिन पुर्वाञ्चल २०१७काे अडिसन असारकाे अन्तिम साताबाट सुरु हुनेछ।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।