मृर्गौला पिडीत राईद्वारा सहयोग अपिल।आउ हामी सबै मिली उनलाई सहयोग गरौ।

झापा,तोपगाछी-८ का ४५ वर्षीय देउकुमार राईको दुवै मृर्गौला फेल भएको २ बर्ष भयो। तर रकम अभावका कारणले मृर्गौला प्रत्यारोपण गराउन सकिरहेका छैनन्। गाउँमा उपचार सम्भव नभएकाले अहिले उनी काठमाडौं बत्तिसपुतलीमा अस्थायी रुपमा बसेर नेशनल किड्नी सेन्टर हस्पिटल बनस्थलीमा उपचार गराउँदै आएका छन।
श्रीमतीसँगै काठमाडौंमा बसिरहेका उनी आफ्नो दैनिक गुजारा र नियमित डाइलासिसको लागि मासु पसल चलाउँछन्। "आफन्त, इस्टमित्र र पसलबाट आएको पैसाले डाइलासिस गराउँदै आईरहेका छु" राई भन्छन् "पैसा नभएको बेला त डाइलासिस गर्न पनि सम्भव हुन्न।" बिरामी भएदेखि नै उनी मृर्गौला प्रत्यारोपण गराउन चाहन्थे । तर कमजोर आर्थिक अवस्था भएको कारण उनले प्रत्यारोपण गराउन सकेका छैनन्। "मसँग भएको  सम्पत्ति डाइलासिस र औषधी गर्दा सकियो, अरु रकम नहुँदा प्रत्यारोपण गर्न सकेको छैन," उनी भन्छन् , "मृर्गौला प्रत्यारोपण गर्न पाए फेरी केही गर्न मन छ ।" त्यसैले उनले सहयोगको याचना गरेका छन।
सहयोगी हातहरूले राईको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंकको खाता नं १३४००३५९१११० मा रकम जम्मा गरेर सहयोग गर्न सक्नुहुनेछ।थप जानकारी र सहयोगको लागी उनको ९८४२६२०७९१ मोबाईल नं र ९८५१०४०५७३(उजन नेम्बाड़) संग सम्पर्क गर्न सक्नुहुनेछ।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।