नेपाली चलचित्र ‘धुम २’को ट्रेलर सार्वजनिक भएको छ ।

अभिनेता जयकिशन बस्नेतको लेखन, नृत्य निर्देशन, निर्माण र निर्देशनमा बनेको नेपाली चलचित्र ‘धुम २’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरियो ।
कार्यक्रममा चलचित्रका मुख्य कलाकारसमेत रहेका जयकिशनले चलचित्र पूर्ण रुपमा कमेडी शैलीमा बनेको बताए । ‘हामीले चलचित्रको नारा नै मनोरञ्जनको शत प्रतिशत ग्यारेन्टी राखेका छौं । त्यसकारण पनि चलचित्र दर्शकका लागि रुचीकर हुनेछ उनले भने ।’
ट्रेन्डी फिल्मस्को व्यानरमा जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा जयकिशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, उत्तम केसी, बसन्त तामाङ,राम गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।
तीज पर्वलाई लक्षित गर्दै भदौ ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा एनबी महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, जीवन श्रेष्ठको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ । आज आयोजना गरिएको कार्यक्रममा चलचित्रको ट्रेलर सार्बजनिक संगै दुइ वटा गीत पनि देखाईएको थियो ।
"मायाको खेल"को भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।