‘ह्याप्पी न्यु इयर’को टिजर सार्वजनिक ।


उजन नेम्बाङ,काठमान्डौ। चलचित्र ‘ह्याप्पी न्यु इयर’ को टिजर सार्वजनिक गरिएको छ । नयाँ वर्षको माहोलमा घटेको एक घटनालाई कथाबस्तु बनाएको ‘ह्याप्पी न्यु इयर’ ले प्रदर्शन मिति सार्बजनिक गर्दै टिजर पनि सार्वजनिक गरेको हो । सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिएको यो चलचित्र अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर पुष १४ गते (२९ डिसेम्बर)मा प्रदर्शन हुनेछ । लभस्टोरी जनराको चलचित्रमा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय रहेको छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रमा अस्ट्रेलियन छायांकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत तथा कुशल थापाको कथा रहेको छ । "मायाको खेल"को म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।