मोडेल अनिता लिम्बु यो जिन्दगी भन्दै डान्स गर्दै । अनिता लिम्बु अब गायिका पनि।


उजन नेम्बाङ। काठमाडौं । अन्तर्राष्ट्रिय मोडलिङ प्रतिस्पर्धामा सहभागिता जनाउँदै आएकी मोडेल अनिता लिम्बु गायिका बनेकी छन् । आफ्नै शब्द र स्वरमा अनिताले ‘यो जिन्दगी’ बोलको गीत सार्बजनिक गरेकी छन् । गीतमा आफैंले मोडलिङ गरेर आकर्षक दृश्य समेत दिएकी छन् । चोभार, लाजिम्पाटलगतायका स्थानमा छायाकंन गरिएको गीत आधुनिक-पप फ्लेवरमा तयार भएको छ । नितिन चन्दको छायाकंन तथा निर्देशनमा तयार भएको भिडियोमा अनिताले सोलो नृत्य प्रस्तुत गरेकी छन् । अभिनय र नृत्य मिसिएको भिडियो निकै रोमान्चक र आकर्षक देखिन्छ । रुपेश खड्काले सम्पादन गरेको भिडियोका लागि सरिन पोखरेलले कोरियोग्राफी गरेका छन् । प्रेमिल भावका शब्दहरु समेटिएको गीतमा आफ्नो प्रेमीप्रति समर्पण जस्तो भएको छनक पाइन्छ । अंग्रेजी तथा अफ्रिकन गीतमा समेत मोडलिङ गरिसकेकी लिम्बुले प्रिती आलेको स्वरमा रहेको ‘मन त नेपाली हो’ भन्ने भिडियोमा यसअघि सोलो डान्स प्रस्तुत गरेकी छन् । उनले नेपाल बसाइका क्रममा यी भिडियोहरुमा समय खर्चिएकी हुन् । बेलायत बस्दै आएकी अनिताले एक अफ्रिकन गायकको ‘लेमोन्ट चितेपो’मा समेत मोडलिङ गरिसकेकी छन् । ‘मिस स्पार्कलिङ ब्यूटी सो, युके तथा स्विडेनमा मा फस्ट रनर अपको उपाधी तथा ‘अक्सफोर्ड फेसन विक’को दशौं सिजनमा सहभागिता जनाइसकेकी छिन् । उनले अन्तराष्ट्रिय फेसन विकमा सहभागिता जनाइसकेकी छन् । लन्डन र पेरिसमा सम्पन्न ‘फेस अफ दि ग्लोब’मा छनोट समेत भइसकेकी उनी बुटिङहरुमा ‘कमर्सियल फोटोसुट’ समेत गर्दै आएकी छिन् । बर्मिङहम फेसन मोडलिङ सो मार्फत पनि अनिता चर्चित छिन् । लन्डनमा आयोजना हुने अधिकांश फेसन सो, मिस च्यारिटीलगायतमा अनिताले सहभागिता जनाइरहेकी छन् । अनिता साउथ एसियन इथिनिक माइनोटरी ग्रुपलाई सम्मान गर्ने ‘एमटिएम अवार्ड’२०१६ मा पनि आर्ट एन्ड इन्टरटिमेन्ट विधामा नोमिनेशनमा समेत परेकी मोडल हुन् । भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।
"मायाको खेल"को म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।