क्रिस्टिना थापालाई भुल्नलाई पिउन सुरु गरे गायक शुभ तामाङ्ले।

संगीत सम्राट गोपाल योन्जनको २१ औ स्‍मृति दिवस तथा ७४ औ जन्मोत्सव को अवसर पारेर "मधुरिमा नेपाल र सास्कृतिक संस्थान को संयुक्त आयोजनामा आज नाचघरको मिनी हलमा बरिश्ठ चलचित्र निर्देशक चेतन कार्किको प्रमुख आतिथ्य तथा प्रदिप बम्जनको अध्यक्ष्यतामा गोपाल योन्जनको काल जयी गीत गाएर सम्पन्न गरिएको छ। स्वर्गिय गोपाल योन्जनको शब्द संगीत तथा युवा गायक शुभ तामाङको स्वरमा रहेको "यो मन भुलाउनलाई"शिर्शक गीत को म्युजिक भिडियो आजकै दिन मा सागर मुभि क्रिएशन यु-ट्युब मार्फत सार्वजनिक गरिएको छ। गायक शुभ तामाङले उक्त गीत २०६२ सालमानै रेकर्ड गरेको भए पनि भिडियो भने अहिले भर्खर मात्र पुरा गरेर स्रोता दर्शक माझ ल्याएका छन। भिडियो मा मोडलद्वय दीपेन्द्र अनील तामाङ् र क्रिस्टिना थापाको उत्कृष्ट अभिनय हेर्न सकिन्छ।
भिडियोमा ज्ञानेन्द्र शर्माको छायाकन तथा सागर लामाको सम्पादन तथा निर्देशन रहेको छ। भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्। "मायाको खेल"को भिडियो हेर्न लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।