विक्रम शाही र केकी अधिकारीको हुर्रे ।

काठमाडौँ। चलचित्र हुर्रेको आइतबार घोषणा गरिएको छ। राजधानीमा पत्रकार सम्मेलन गरी उक्त चलचित्रको घोषणा गरिएको हो। द याक्का इन्टरटेनमेन्टको प्रस्तुतीमा बन्न लागेको यस चलचित्रलाई यम थापाले निर्देशन गर्न लागेका हुन्।

चलचित्रमा अनुप विक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापीत र उपदेश तिमील्सेनाको मूख्य अभिनय छ।
डार्क कमेडी जनराको यस चलचित्रलाई सोनम लामा व्लोन र छिरिङ् दोर्जे लामाले निर्माण गर्न लागेका हुन्। शिव ढकालको छायांकन रहने चलचित्रमा कालि प्रसाद बास्कोटा, राजन राज शिवाकोटीको संगीत रहनेछ।

यस्तै राजेन्द्र थापा र कालि प्रसाद बास्कोटाको शब्दलाई मिलन अमात्य, राजन राज शिवाकोटी र कालि प्रसाद बास्कोटाले नै गाउनेछन्। साथै विक्रम स्वारको नृत्य निर्देशन र रोशन भट्टराईको द्धन्द्ध रहने यो चलचिलाई चन्दन दत्तले सम्पादन गर्नेछन्। चलचित्र भदौंबाट फ्लोरमा जानेछ।
मायाको खेल को म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।