'छैठौं म्यूजिक खबर म्यूजिक अवार्ड'क-कसले पाए?

काठमाडौँ। छैठौं म्यूजिक खबर म्यूजिक अवार्ड २०७४ भव्य रुपमा सम्पन्न भएको छ। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित उक्त अवार्ड समारोहलाई म्यूजिक खबर डटकमले आयोजना गरेको हो। समारोहमा गीतसंगीतका विभिन्न ३४ विधामा अवार्ड वितरण गरिएको छ । राष्ट्रियस्तरका विभिन्न कलाकारहरुले उत्कृष्ट ३४ विधामा अवार्ड चुमेका हुन्।

करिब पाँच वर्षअघिदेखि आयोजना गरिदैं आएको यस अवार्डमा यसभन्दा अघि पनि राष्ट्रियस्तरका कलाकारहरुले अवार्ड चुम्दै आएका छन्। अवार्डमा म्यूजिक खबर बाल प्रतिभा प्रोत्सान सम्मान, म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार, म्यूजिक खबर सिंगर अफ दि डिकेड, म्यूजिक खबर डायस्पोरा सम्मान समेत प्रदान गरिएको थियो।
साथै गीतसंगीतको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका एक पुराना हस्ती गीतकार रत्नशमशेर थापालाई दीर्घ सेवा सम्मान प्रदान गरिनुका साथै जुरी तथा पपुलर लगायतका अवार्ड पनि प्रदान गरिएको थियो। म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।