पल शाहको ‘जोनी जेन्टलम्यान’प्रदर्शन मिति सहित पोष्टर सार्वजनिक।

काठमाडौ, २०७४ श्रावण २५ बुधबार । अभिनेता पल शाह अभिनित चलचित्र ‘जोनी जेन्टलम्यान’ भदौ ३० गतेबाट रिलिज हुदैछ । गत जेठ १९ गते प्रदर्शन गर्ने भनिएतापनि पछि यो प्रेम र एक्सनले भरिएको चलचित्रको रिलिज मिति भदौ ३० लाई सारिएको थियो ।

चलचित्र निर्माणपक्षले नयाँ प्रदर्शन मिति सहितको पोष्टर सार्वजनिक गर्दै प्रचारको सुरुवात गरेको छ । नया पोष्टरमा चलचित्रका मुख्य नायक पल शाह र नायिका आचल शर्मा स्याड मुडमा देखिएका छन् । यो पोष्टरलाई टौवा क्रियसनले तयार पारेको हो ।
यो बर्ष पलले एउटा हिट चलचित्र दिइसकेका छन् । चलचित्र ‘म यस्तो गीत गाउछु’ समिक्षात्क रुपामा राम्रो प्रसंसा पाउदै व्यावसायिक रुपमापनि हिट भयो ।
म्युजिक भिडियोमा आफुलाई अब्बल ठहराइ सकेका चर्चित म्युजिक भिडियो निर्देशक नितिन चन्दको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘जोनी जेन्टलेम्यान’ प्रदर्शनका लागि करिब १ महिना मात्र बाँकी रहेकाले निर्माणपक्षले राम्रै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
‘म यस्तो गीत गाउछु’ हिट भैसकेकाले पनि पलको क्रेजले ‘जोनी जेन्टलम्यान’लाई फाइदा गर्ने बुझाइ यसको निर्माणपक्षको छ । चलचित्रलाई एनड्रिउ पौडेलले निर्माण गरेका हुन्। मायाको खेल को भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।