दरबारमार्गको बेन्ट्लीमा ४७ सयको जुत्तालाई २६ हजार, मन्त्रिले छापा मारे।

काठमाडौं- विदेशी सामान आयात गरेर बेच्ने नेपाली कम्पनीले कति प्रतिशतसम्म नाफा राख्लान् ?  २० प्रतिशत, ५० प्रतिशत वा शतप्रतिशत ? तर तपाई दरवारमार्गका 'ब्रान्डेड सोरुम' मा पुग्नु भयो भने त्यो गलत ठहर्ने छ। त्यहाँ तपाईको अनुमान भन्दा धेरै नाफा राखेर सामान बेच्ने गरिएको सोमबार आपुर्ति मन्त्रालयले गरेको अनुगमनको क्रममा भेटिएको छ।  कानून अनुसार २० प्रतिशत भन्दा बढी नाफा राख्न पाइदैन। तर ति सोरुमहरुले १ हजार प्रतिशत सम्म नाफा राखेर कानुनको धज्जीमात्र उडाएका छैनन, उपभोक्तामाथी सरासर लुट गरिरहेका छन्।
बजार अनुगमनको क्रममा १ हजार प्रतिशत सम्म नाफा असुलेको पाइएको आपुर्ति व्यवस्था विभागका निर्देशक कुमार दाहालले बताए। दबारमार्गस्थित नाइक सोरुममा ४७ सय २० मा खरिद गरिएको जुत्तालाई २६ हजार ९ सय ९० बजार मूल्य राखिएको अनुगमन टोलीले भेटाएको थियो।

दरवारमार्गमा दसैं तिहारको छुट दिने बहानामा उपभोक्तालाई ठगेको भेटिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए। बेन्ट्लीले सोरुममा छापा मार्दा सामानको खरिद विल देखाउन सकेनन्।

'उपभोक्तालाई ठग्नेहरुलाई कुनै पनि प्रकारको कानूनी छुट दिइने छैन', आपूर्तिमन्त्री मण्डलले भने, 'कठोर कारबाही गरिनेछ।'
अत्याधिक नाफा राखेर कालोबजारी गर्ने सोरुमलाई आपूर्ति मन्त्रालयले सोमबार छापा मारेर सिल गरेको छ। आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त बजार अनुगमन गर्दै उपभोक्तासँग चर्को मूल्य असुलेको देखिएका बेन्ट्ले, पुमा, नाइक, स्टोर वान र एभिन्यू मार्केटिङमा सिल गरेको हो।  

आपूर्तिमन्त्री शिवकुमार मण्डल नेतृत्वको टोलीले बजारको अनुगमन गरेको थियो। अनुगमन गर्दा छुटको नाममा उपभोक्ताहरुलाई ठगेको देखिएपछि ति आउटलेटमा सिल गरिएको आपुर्ति व्यवस्था विभागका निर्देशक कुमार दाहालले बताए।

आजको नागरिक पत्रीका बाट सभार्। नेपाली गीत को म्युजिक भिडियो हेर्न लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।