वेस्मा लाङ्योक २, यसरी हुँदैछ ऐतिहासिक कार्यक्रम ।

उजन नेम्बाङ,काठमाण्डौ। विशुद्ध लिम्बू भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्वध्र्दनको लागि सकृय याक्थुङ हाक्पारे पालाम सयङको आयोजनामा ‘वेस्मा लाङ्योक २’ हुने भएको छ । गत वर्र्ष वेस्मा लाङ्योक (फरक पाईला) नामक बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरिसकेको छ । यस वर्ष लिम्बु संस्कृतिमा आधारित ‘वेस्मा लाङ्योक २’ गर्न लागेको जानकारी संस्थाका महासचिव शैलेन्द्र थेबेद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
संस्थासँग आवद्ध रहेका तथा नरहेका करिव सय जना भन्दा बढी कलाकारलाई एकैपटक मञ्चमा उतार्ने लक्ष्य आयोजकले लिएको छ । आगामी माघ ६ गते शनिबार राष्टिृय नाचघर जमलमा हुने कार्यक्रममा प्राज्ञ अशोक लोहरुङ राईद्वारा संगीतबद्ध एक दर्जन लिम्बु भाषाका गीत प्रस्तुत गरिनुका साथै लिम्बुहरुको मौलिक नाच च्याब्रुङ, धान नाच, हाक्पारे, पालाम, ख्याली र तङसीङ तक्मा यबा फेदाङमाहरुको छुट्टै प्रस्तुती, मौलिक भेषभूषा, लोप हुन लागेका मौलिक सामग्रीहरुको सजावट समेत हुने भएका कारण पनि उक्त कार्यक्रम ऐतिहासिक हुने अनुमान गरिएको छ । सम्पूर्ण कार्यक्रम राष्टिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने व्यवस्था मिलाईएको याक्थुङ हाक्पारे पालाम सयङका अध्यक्ष रुपा आङ्बुहाङले जानकारी गराईन् । मायाको खेल"को

म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्खोल्नुहोस्।

 

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।