शैलेन्द्र खोखालीको निर्देशनमा प्रेम वियोगको कथा:अलिशाको रातहरु।


उजन नेम्बाङ,काठमान्डौ। गीतमा प्रेम सर्वाधिक विकाउ विषय हुन् । प्रेमसँगै वियोग पनि । प्रेम–वियोगका गीतहरु थुप्रै गाइएका छन् । चलेका छन् । यसै मेसोमा थपिएको छ, रातहरु । अलिशा गुरुङद्वारा स्वरवद्ध यो गीत अरुन तिवारीले लेखेका हुन् । विक्रम थापाले संगीत गरेका छन् । यो गीतको हालै म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। सविज मिडियाले उत्पादन गरेको यो म्युजिक भिडियोलाई शैलेन्द्र खोखालीले निर्देशन गरेका हुन् । दुई दर्जन बढी म्युजिक भिडियो निर्देशन गरिसकेका शैलेन्द्रले यो म्युजिक भिडियोलाई कलात्मक रुपले प्रस्तुत गरेका छन् । म्युजिक भिडियोको निर्देशक मात्र होइन, सम्पादन गर्ने र क्यामेरा चलाउने पनि उनी नै हुन् । भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्। नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।