चलचित्र ‘ब्ल्याक’भदौ १ गते बाट हल-हलमा।

जेठ ११ गते लाइ आफ्नो प्रदर्शन मिति तोकेको चलचित्र ‘ब्ल्याक’ को प्रदर्शन मिति फेरबदल भएको छ । बैशाख अन्तिम सातासम्म नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघ बीचको शेयर बाँडफाँडको विषयमा भएको विवाद र जेठ पहिलो सातादेखि घोषणा गरिएको (यसअघि नै सहमतिमा स्थगित) आन्दोलनको कारण प्रचार प्रसारमा प्रभाव परेको कारण देखाउँदै चलचित्रले प्रदर्शन मिति सारेको हो चलचित्र ‘ब्ल्याक’अब भदौ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्रलाइ प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन्।

 

 मौनता श्रेष्ठको कथा रहेको ‘ब्ल्याक’ मा कोरियोग्राफी रामजी लामिछानेको रहेको छ भने छायांकन रामशरण उप्रेतीले गरेका हुन् । आश्मा पाण्डेको निर्माणमा बनेको चलचित्रमा आकाश र आँचलका अलावा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल मुख्य भूमिकामा रहेका छन् । द्वन्द्व चन्द्र पन्तको रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
 नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

 

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।