‘लिलिबिली’जोडी प्रदिप र जसिता पुन:चलचित्र‘लभ स्टेशन’मा।


काठमाडौँ। अभिनेता प्रदिप खड्काको कगानी र अभिनय रहने चलचित्रको नाम ‘लभ स्टेशन’ जुरेको छ उज्जवल घिमिरेले निर्देशन गर्ने चलचित्र ‘लभ स्टेशन’ मा ‘लिलिबिली’ नायिका जसिता गुरुङ र प्रदिप खड्काको मुख्य भूमिका रहनेछ । प्रदीपसँगै गोविन्द शाही निर्माता रहेको चलचित्रको लागि अन्य दुई अभिनेत्रीको खोजी भई रहेको बताईएको छ । निर्माता शाहीका अनुसार चलचित्रमा तीन अभिनेत्रीको प्रमुख भूमिका रहनेछ । प्रदीप अहिले निरक पौडेलको निर्देशनमा बनिरहेको चलचित्र ‘रोजि’को छायांकनमा व्यस्त छन् । ‘रोजी’ को काम सकिए लगतै छायाँकनमा जाने ‘लभ स्टेशन’को स्क्रिप्टको काम अन्तिम चरण रहेको बताइएको छ । काफिया फिल्मस् र प्रदीप मिडिया प्रालिको व्यानरमा निर्माण हुने चलचित्रको अन्य प्राबिधिक हरु छनोट भई रहेको छ चलचित्र आगामी बर्षको फागुन २४ गते प्रदर्शनमा ल्याउने लक्ष्य रखिएको छ ।

 नेपाली राष्ट्रिय गीतको म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।