मलिना र मनिषको प्रेम ‘तिमि हुन्छौ जहाँ जहाँ’ ट्रेलर सार्बजनिक (भिडियो)।


लभस्टोरी जनरामा बनेको चलचित्र ‘तिमि हुन्छौ जहाँ जहाँ’ को ट्रेलर सार्बजनिक गरिएको छ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो असार ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को ट्रेलरले प्रेम र विछोडको कथा बोलेको छ। पूर्ण रुपमा लभस्टोरि चलचित्रमा मनिष सुन्दर श्रेष्ठ,मलिना जोशी,स्वरुप पुरुष ढकाल, रबी गिरी, विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा वर्षा सिवाकोटी अतिथि भूमिकामा देखिने छिन् । बिकाश बस्यालको निर्देशन रहेको चलचित्रमा माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस चलचित्रमा रोशन श्रेष्ठको द्वन्द निर्देशन रहेको छ । मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ का कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह-निर्मात्रीमा रहेकी छिन् । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ । भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

 

 नेपाली म्युजिक भिडियो हेर्नको लागि तलको लिन्क क्लिक गर्नुहोस्।

 

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।