गर्मिमा घामको एलर्जीबाट आफ्नो अनुहारलाई जोगाउन यस्तो उपाय अपनाउनुहोस्।



गर्मीको समयमा हाम्रो अनुहारको धेरै नै स्याहार गर्नुपर्ने हुन्छ।अत्याधिक गर्मी र घामको कारनले गर्दा हाम्रो अनुहारको छालामा बिभिन्न समस्याहरु आउने सम्भावना हुन्छ।तसर्थ आफ्नो अनुहारको स्याहार सुसार गर्नु जरुरी हुन्छ।यहा केही टिप्स हरु हामीले दिएका छौ जुन तपाईं हामी सबैको लागि उपयोगी हुनसक्छ।

1/ नरम कपडालाई चिसो दूधमा डुबाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ ।
2/ घाममा निस्कनुअघि सनस्क्रिन लगाउन नभुल्नुहोस् ।
3/ घिउकुमारीले तपाईंको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ । त्यसैले डढेको छालामा घिउकुमारीको चोप लगाउनुहोस् ।
4/ काँक्रो पिँधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ ।
5/ घामबाट डढेको छालालाई जोगाउन कालो चियापत्ती लगाउन पनि सकिन्छ ।
6/ नरम कपडालाई भेनेगरमा डुबाई घामले डढेको छालामा लगाउनुहोस् ।
7/ पुदिनाले चिस्याउने काम गर्छ । हरेक दिन एक गिलास पुदिनाको जुस पिउनु फाइदाजनक हुन्छ ।
8/ हरेक दिन दुईपटक चिसो पानीले नुहाउनुहोस् ।
9/ घामले एलर्जी बनाएको ठाउँमा वा कोतरिएको भागमा आलु पिँधेर लगाउनुहोस् ।

 नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्। 


Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।