अभिनेता शिबको छोरा र अभिनेत्री करिश्माको छोरीको रोमान्स।


चलचित्र ‘एउटा यस्तो प्रेमकहानी’ मार्फत अभिनेता शिब श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरको छोरी कबिता मानन्धर चलचित्रमा डेब्यु गर्दैछन् । चलचित्र ‘एउटा यस्तो प्रेमकहानी’ मार्फत यी दुइ सफल कलाकारका सन्तान नेपाली रजतपटमा प्रवेश गर्न लागेको चलचित्र निर्माण युनिटले राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर जानकारी गराएको हो । अभिनेत्री करिश्मा मानन्धरले फिल्म ‘सन्तान’मा डेब्यु गर्दा उनको उमेर १४ वर्षको थियो । अहिले उनकी छोरी कविता मानन्धर डेब्यु गर्दा उमेर २१ वर्षको छ । लामो समय अमेरिकामा बसेर उतै पढाई पुरा गरेकी कविताले अभिनेता शिव श्रेष्ठको अष्ट्रेलियामा बस्दै आएका छोरा शक्ति संग स्क्रिन शेयर गर्दैछिन । नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

 

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।