फिल्म निर्माता वाग्लेसमेत ६ जना साढे दुई करोड नक्कली नोटसहित पक्राउ (भिडियो)


काठमाडौं, जेठ २ । महानगरीय प्रहरी परिसर काठमाडौंले साढे दुई करोडभन्दा बढी नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चलचित्र निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी र विवेक नापित रहेका छन् ।

प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी उनीहरुसहित उनीहरुबाट बरामद गरिएको नक्कली नोट सार्वजनिक गरेको छ ।

उनीहरुले विभिन्न स्थानमा राखेको दुई करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

गोंगबु, लुभु र बागबजारबाट यी नोट बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।

भक्तपुरको नवज्योति प्रिन्टिङ प्रेसका सन्चालक प्रकाश सुवेदीले बागबजारको जय भोलेबाबा प्रिन्टिङ प्रेसका सन्चालक विवेक नापितलाई नोट छाप्न दिएको र जय भोलेबाबा प्रेसमा नोट छापिएको थाहा भएको पनि प्रहरीले जनाएको छ ।

नोट बनाउन प्रयोग गरिएका चारओटा ‘प्लेट’ पनि फेलापरेको प्रहरीले जनाएको छ ।

यस्ता नक्कली नोटहरु होटल रेस्टुराँमा बिल तिर्ने, यौनकर्मीलाई दिने, जुवातास खेल्ने, लागुऔषध कारोबारमा लगाउने र सक्कलीमा मिसाएर बजारमा पुर्‍याउने गरिएको पनि प्रहरीको भनाइ छ ।

चलचित्र निर्माता वाग्लेले भने फिल्म सुटिङका लागि नक्कली नोट बनाएको दावी गरेका छन् । वाग्ले चलचित्र ‘लुट’, ‘छड्के’, ‘रेशम फिलिली’लगायतका निर्माता हुन् ।

भिडियो हेर्नुहोस्


 नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।


 

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।