प्रदिपको ‘लिलिबिली’ले मनायो ५१ दिन।

काठमाडौँ,नेपाल। प्रदिप खड्का स्तरर चलचित्र ‘लभ स्टेशन’ औपचारिक घोषणा गरिएको छ राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको घोषणा गरिएको हो उज्जवल घिमिरेले निर्देशन गर्ने चलचित्र ‘लभ स्टेशन’ प्रदिप खड्काको मुख्य भूमिका रहनेछ । प्रदिप को जोडी नायिका भने फाइनल भई सकेको छैन । नायिका जसिता गुरुङको चर्चा चले पनि जसिता संग एग्रिमेन्ट भई नसकेको निर्माता गोबिन्द शाहीले बताए । प्रदीपसँगै गोविन्द शाही निर्माता रहेको चलचित्रको लागि नायिका खोजी भई रहेको र चलचित्रका निर्देशक उज्जवल घिमिरे अमेरिका बाट फर्किन साथ नायिकाको टुंगो लाग्ने निर्माता गोबिन्द शाहीले बताए । चलचित्रको पटकथा सुबाश सिंह बस्नेतले लेखि रहेका छन् । चलचित्र ‘लब स्टेसन’ नाम अनुसार अामा र छाेरीकाे मायामा अाधारित हुने नायक प्रदिप खड्काले बताए ।

काफिया फिल्मस् र प्रदीप मिडिया प्रालिको व्यानरमा निर्माण हुने चलचित्रको अन्य प्राबिधिक हरु छनोट भई रहेको छ । चलचित्र आगामी बर्षको फागुन २४ गते प्रदर्शनमा ल्याउने लक्ष्य रखिएको छ । कार्यक्रममा चलचित्र ‘लिलिबिली’ प्रदर्शनको ५१ औँ दिन पुगेको अबसरमा केक समेत काटिएको थियो कार्यक्रममा लिलिबिलिका निर्देशक मिलन चाम्स,निर्माता सुदिप खड्काको समेत उपस्थिति रहेको थियो ।
 नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।
 

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।