"चि मुसी चि’को पोस्टर सार्वजनिक।अलिशा राईको साथमा सुनिल र सुसान्त।


ढाकाटोपी नेपाल,काठमाडौँ । श्रावण ११ गते रिलीज हुने नेपाली चलचित्र ‘चि मुसी चि’को पोस्टर सार्वजनिक गरिएको छ । टौवा क्रियशनले तयार पारेको पोस्टरमा प्रमूख तीन कलाकारहरु सुनिल क्षेत्री, सुसान्त कार्की र अलिशा शर्मा रहेका छन् । म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । चलचित्रमा सुरज अधिकारीको संगीत रहेको छ । सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् । नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।