‘ए मेरोहजुर ३’भन्दा पहिलानै रिलिज हुने मिलन चाम्सको ‘ब्याच्लर बन्टी’।


काठमाडौं – युवा स्टार अनमोल केसीको अभिनयमा बन्न लागेको तेस्रो फिल्मको नाम तय भएको छ। अहिले ’क्याप्टेन’को छायांकनमा व्यस्त अनमोलले केही समयअघि दुई वटा फिल्मका लागि साइन गरेका थिए। झरना थापाको निर्देशनमा बन्ने ’ए मेरो हजुर ३’ का साथै मिलन चाम्सले निर्देशन गर्ने फिल्मको नाम टुंगो लाग्न बाँकी थियो। अहिले भने अनमोलको उक्त फिल्मको नाम जुरेको छ, ‘ब्याच्लर बन्टी’। छायांकन सुरु हुनु धेरै समयअघि नै अनमोललाई फिल्ममा अनुबन्ध गरिएको थियो। अनमोल ’क्याप्टेन’ पछि ’ए मेरो हजुर ३’ मा व्यस्त रहनेछन्। यसपछि मात्र फिल्म ’ब्याचलर बन्टी’को सुटिङ सुरु हुनेछ। प्रदीप भारद्वाजको लेखनमा बन्ने ’ब्याचलर बन्टी’को अधिकांश दृश्य विदेशमा छायांकन गरिने जनाइएको छ। ‘ए मेरो हजुर ३’ भन्दा पछि छायांकन हुने ‘ब्याचलर बन्टी’ उक्त फिल्मभन्दा अगाडि प्रदर्शनमा आउनेछ। निर्देशक चाम्सका अनुसार, झरनासँगको सम्झौता अनुसार पहिलो ए मेरो हजुर ३ पहिला सुटिङ गरेपनि फिल्म ब्याच्लर बन्टी पहिले सार्वजनिक हुने छ।
नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।