‘गोरेले भनेको छिरिङ अर्कै हुनसक्छ ।आत्मसमर्पण गरेका छिरिङ जेल चलान


विराटनगर, जेठ २० । साढे ३३ किलो सुनकाण्डका मुख्य अभियुक्त मध्येका छिरिङ वाङ्गेल घले जेल चलान भएका छन् ।
जिल्ला अदालत मोरङको फैसला अनुसार छिरिङलाई पुर्पक्षका लागि मोरङ कारागार लगिएको छ । उनी अर्का अभियुक्त भुजुङ गुरूङका साला पनि हुन् । बिहान अदालतमा आत्मसमर्पण गरेलगत्तै घलेले इन्कारी बयान दिएका थिए । बयानमा छिरिङले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका हुन् । तर मूख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ले भने सुन तस्करीको सेटिङ मिलाउने काम छिरिङले गरेको र उनकै मातहतमा आफूले भरियाको नेतृत्व गरेको बयान दिएका थिए । बिहान ११ बजेपछि सुरु भएको बयानमा छिरिङले गोरे लगायतको समूहले आफूलाई फसाउन झुटो बयान दिएको आरोप समेत लगाए । आफू डा. डेविट नभएको दाबी गर्दै उनले गोरेले भनेको छिरिङ अर्कै हुनसक्ने तर्क पनि गरेका थिए । गृह मन्त्रालयलबाट गठित छानबिन समितिको अनुसन्धानका आधारमा जिल्ला अदालत मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो । समाचार इमेज खबरबाट साभार। नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।