दिवश र सभ्यता डेब्यु चलचित्र ` यो माया कस्तो माया ´ को पहिलो गीत रिलिज..( भिडियो सहित )


उजन नेम्बाङ,काठमान्डौ। किसान पोखरेलको प्रस्तुति अनि SKN सिनेमा प्रा.ली.को ब्यानरमा निर्माण भएको चलचित्र ‘यो माया कस्तो माया’को पहिलो रोमान्टिक गीत रिलिज भएको छ । हिजो बिहीबारको दिन राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको निर्माण पक्षले उक्त गीत सार्वजनिक गरेको हो ।

 सार्वजनिक गीतमा गायक तथा भिजे फिरोज बस्नेत र सर्वाधिक चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ भने गीतलाई शब्द रचना तथा संगीत भरेका छ्न गायक तथा संगीतकार अर्जुन पोखरेलले । गीतको भिडियोमा चलचित्रको मुख्य कलाकार दिवश धिताल र सभ्यता गिरी फिचरमा रहेको छ भने कोरियोग्राफर राम्जी लामिछानेको आकर्षण कोरियोग्राफिमा गीत निकै उत्कृष्ट बनेको छ । नायक दिवश र नायिका सभ्यताले यसै चलचित्र मर्फत सिनेमा क्षेत्रमा प्रवेश गरेका छन भने उनिहरुको यो पहिलो डेब्यु चलचित्र हो ।

 भुषण आनन्द ठकुरीको निर्देशनमा तयार भएको यस चलचित्रको कथा लेखन समेत निर्देशक ठकुरीकै रहेको । लामो समयदेखी फोटोग्राफि अनि चलचित्रहरुमा छोटा छाेटा अभिनयहरुमा देखिएका भुषण आनन्द ठकुरीको यो पहिलो डेब्यु निर्देशन चलचित्र हो भने चलचित्र कथा पनि पहिलो लेख रहेको छ । प्रेमकथामा आधारित यस चलचित्रमा अर्जुन पोख्रेलको संगीत , शंकर महर्जनको द्वन्द , कबिराज गहतराज, रामजी लामिछाने, बिक्रम लामा, र एन्जिला खत्रीको कोरियोग्राफी, अर्जुन जिसिको सम्पादन रहेको छ भने चलचित्रलाई दिब्य सुबेदीले छायाँकन छायांकन गरेका छ्न । चलचित्र काठमाडौं , दोलखा, तथा दार्जिलिङ लगाएतका स्थानहरुमा छायाँकन गरिएको छ । चलचित्रमा इन्द्र रजक र समृदि श्रेष्ठको लगानी रहेको छ ।

 चलचित्रमा दिवश धिताल, सभ्यता गिरी बाहेक , ऋतु पौडेल , युबराज केशरी , सुन्दर श्रेष्ठ , लय संग्रौला, सुमित डङ्गोल, तारा केशी , तुलसा शर्मा , शंकर महर्जन , सुर्यमान गुरुङ , महेस दाहाल, रोशन दाहाल, किरण राइ, दिपेन बस्नेत, बिकास पोख्रेल, नितु कोइराला लगाएतको अभिनय रहेको छ । चलचित्रमा नेगेटिभ रोलमा रहेको युवराज केशरी र सुमित दङ्गोल र नायिका ऋतु पौडेलले पनि यसै चलचित्रमार्फत सिनेमामा डेब्यु गर्दैछ्न ।

 

 यो पनि हेर्नुहोस्।

 

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।