चलचित्र ‘वीराङ्गना’को पोष्टर सार्वजनिक शिल्पा,अनुप,पृथ्वी संगै जनावर पनि।


काठमाडौँ,नेपाल। यही असार २९ मा देशभर रिलिज हुने चलचित्र ‘वीराङ्गना’ को पोष्टर सार्वजनिक गरिएको छ । लभस्टोरी एक्सन ‘वीराङ्गना’ को पोष्टरमा चलचित्रका मुख्य कलाकारहरु अनुप विक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी राज प्रसाईलाई प्रस्तुत गरिएको छ । पोष्टरमा शिल्पा पोखरेललाई घोडा र बाँदरसँगै एक्शन लुक्समा पनि प्रस्तुत गरिएको छ । चलचित्रको प्रचार सुरुसँगै चलचित्रको गीत, पोष्टर लगायतका प्रचार सामाग्रीहरु सार्वजनिक गरिरहेका छन् ।
चलचित्रमा शिल्पा, अनुप र पृथ्वीराजको अलावा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धुर्ब कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको छ । चलचित्रको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनिले लिएका छन् ।
नेपाली भिडियो हेर्नुहोस्।

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।