होटल ब्यवसायी कुसाङ लामाद्वारा आफ्नो गाउँमा काेभिडको स्वास्थ्य सामग्री सहयोग। ।





काठमाण्डौ। रोशी गाउँपालिका वडा नं.३ मा कोभिड संक्रमण देखा परेकाे कारण थप स्थानीय तहमा संक्रमण बढ्न नदिन पुर्व साबधानि अपनाउन स्थानीय होटल ब्यवसायी कुसाङ लामाले रोशी ३ को नागरिकहरुको निमित्त स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छन् ।

रोशी गाउँपालिका वडा नम्बर ३ का युवा समाजसेवीहरु कुसाङ लामा, अर्जुन लामा, निर बहादुर लामा र चन्द्र लामाले संयुक्त रुपमा ७०० घरधुरीको लागि ३७५०० थान माक्स, १६० लिटर सेनिटाइजर, ११ हजार पिस सिटामोल, ११ हजार पिस भिटामिन सी, ५०० बोतल खोकीको औषधी कफ सेरफ प्रत्येक टोल-टोलमा वितरण गरेको वडा अध्यक्ष धनजीत लामाले जानकारी दिए । 


केही दिन अगाडी रोशी गाउँपालिकाको अगुवाईमा ३१ जनाको काेभिड-१९ पिसिआर परिक्षण गरेकोमा १६ जनाको पोजेटिभ देखिएको थियो । उक्त १६ जना मध्ये १ जनाको  कोभिड संक्रमणको कारण मृत्यूनै भईसकेको अवस्थामा रोशी ३ उच्च जोखिममा रहेको देखिन्छ । कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै राेशीका युवा समाजसेवी अर्जुन लामा लगाएतकाे समुहले निरन्तर स्थानिय तहमा अाबस्यक सहगाेेेग गर्दै अाएकाे  रोशी गाउँपालिका वडा नम्बर ३का अध्यक्ष लामाले बताउनुभयो ।


 

Comments

Popular posts from this blog

’सुश्री सम्पत्ति’को गीत छायांकन

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

नालापानी बन्ने भयो ।