Posts

Showing posts from June, 2021

अभय र रेश्माको 'मार्यो मार्यो' मा शंकर बिसी (भिडियो)।

Image
काठमाडौँ। गायक अभय ढुंगेल र गायिका रेश्मा सुनुवारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मार्यो मार्यो’ बोलको गीतमा शब्द र संगीत अभय ढुंगेलको रहेको छ। बाबु प्रधानले संगीत संयोजन गरेको गीतलाई महेश्वर मान राजभण्डारीले मिक्सिङ्ग र मास्टरिङ्ग गरेका छन्। शंकर बिसीले निर्देशन गरेको भिडियोमा शंकर,कबिता न्यौपाने र नबराज पौडेल फिचर्ड छन्। दुर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन र कलर संयोजन गरेका छन्। भिडियो आर्टिस्ट नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

उपचारत कलाकार निशालाई एघार लाख सहयोग

Image
  काठमाडौँ। हाल नर्भिक अस्पतालमा उपचार गराइरहेकी कलाकार निशा घिमिरेलाई ‘रजतपट कोसेली अभियान’ अन्तर्गत संचारकर्मी प्रकाश सुवेदिले रकम कलेक्सन गरेर सोमबार एक कार्यक्रमका बिच निशाको दिदि उषा घिमिरेलाई हस्तान्तरण गरिएको छ। उक्त रकम निशाको उद्धारमा सहयोग पुर्याउने दुर्गा नाथ दाहाल, निशाको पिता राजु घिमिरे, कलाकार संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाको संयुक्त हस्ताक्षरमा संचालन भएको ‘निशा घिमिरे सहायता कोष’मा जम्मा हुनेछ। विकास वोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रममा अभिनेता भुवन केसि, अभिनेत्री करिश्मा मानन्धर, आँचल शर्मा लगाएत थुप्रै चलचित्रकर्मिको पनि उपस्थिती रहेको थियो। रजतपट कोसेली अभियानमा निशाका लागि अमेरिकामा रहेका अभिनेता राजेश ढुंगानाले संकलन गरेर दुई लाख साठी हजार पठाएका थिए। यस्तै अभिनेत्री आँचल शर्माबाट एक लाख, अमेरिका बस्ने अभिनेत्री ऋचा घिमिरे र शंकर घिमिरेको नेतृत्वबाट तीन लाख अठार हजार सात सय सन्तानब्बे, रमण रेग्मिबाट एक लाख छब्बिस हजार, अस्ट्रेलियाबाट अभिनेता कुशल थापा र अभियन्ता सरोज भट्टराईको नेतृत्वबाट दुई लाख ३० हजार, अम

सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु, खोज तथा उद्धार जारी

Image
सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन । मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए । २०७१ सालयता बाढी र पहिरोका कारण जनधनको क्षति व्यहोर्दै आएको सिन्धुपाल्चोकलाई सरकारले गत वर्षमात्रै विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । २०७२ सालको गोरखा भूकम्पको बेलामा पनि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमै भएको थियो । तर विपद् प्रतिकार्यको काम प्रभावकारी नहुँदा सिन्धुपाल्चोकव

निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुल्यो !

Image
काठमाडौँ– कोरोना भाइरसको महामारीका कारण जारी निषेधाज्ञाको समयमा पनि सरकारी गाडीमा युवती लिएर स्वयम्भू डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुलेको छ । गृहमन्त्रालयका एक अधिकारीका अनुसार गत आइतबार विहान प्रदेश नं. ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवती लिएर स्वयम्भुमा पुगी सार्वजनिक स्थलमा अस्वभाविक गतिविधि देखाउने व्यक्त सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ सहर आयोजनाका निर्देशक रोशन श्रेष्ठ रहेको खुलेको हो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियो र तस्वीरमा अनुहार प्रष्ट नखुले पनि गाडी नम्बरका आधारमा उनको परिचय खुलेको हो। आइतबार बिहान करिब ११ बजेको समयमा सेतो नम्बर प्लेटको सरकारी गाडीमा युवती लिएर उनी स्वयम्भु डाँडामा पुगि ‘डेटिङमा मस्त’ रहेको तस्वीर तथा भिडियो सार्वजनिक भएको थियो । पत्रकार छायाचन्द्र भण्डारीले स्वयम्भुको डाँडाको एक कुनामा उनीहरुको ‘मोजमस्तीमा लिप्त’ बनेको भिडियो र तस्वीर खिचेका थिए । जोडीको उक्त हर्कतपछि पत्रकार भण्डारीले उनीहरुलाई सरकारी गाडी लिएर लभ गर्न आउनुभएको रहेछ भनेर प्रश्न गरेपछि उठेर उनीहरु हतार–हतार दौडिए र तत्कालै गाडी स्टार्ट गरेर भागेका थिए । बिहान