Posts

Showing posts from September, 2017

गायक करन राइको म्युजिक भिडियो"शायद थिएन"।

Image
गायक तथा म्युजिक भिडियो नेर्देशक फराज अर्पणले निर्देशन गरेको"शायद थिएन"शिर्शक गीतको म्युजिक भिडियो यतिबेला हाई लाइट म्युजिक कम्पनी को यु-ट्युब मार्फत सार्वजनिक भएको छ।गायक करण राइको शब्द,सङीतमा रहेको उक्त गीतको संगीत सन्योजन बिजेश्वर तन्डुकारले गरेका छन भने राजेश्वर तन्डुकारले रेकर्डिस्टको रुपमा काम गरेका छन। केही फरक धारको म्युजिक भिडियो बनाउन रुचाउने फराजले यो भिडियोमा पनी एक निर्दोश केटी बलात्कारको शिकार भए पछी आफ्नो स्मरण शक्ति गुमाए पछी को पिडा लाई भिडियो मा कलात्मक रुपले प्रस्तुत गराएका छन।भिडियोमा छायान्कन सम्पादन समेत फराज अर्पणकै रहेको छ भने सुशिल न्यौपानेले कलरिङ्ग गरेका छन। भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।  मायाको खेलको भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।  

दशै तिहारको म्युजिक भिडियोमा बाबु बोगटी र दिपा भट्टराईको डान्स।

Image
उजन नेम्बाङ,काठमान्डौ। नेपाहरुको महान चाड दशै र तिहार यती बेला प्रत्येक नेपाली हरुको घर-दैलोमा आएको छ।यही चाड पर्ब लाई समेटेर यतिबेला अमेरिकामा बसोबास गर्दै आएका नेपाली कलाकारहरुले दशै तिहार गीतलाई म्युजिक भिडियो बनाएर सामाजिक सन्जाल यु-ट्युब र बिभिन्न टेलिभिजन च्यानल मार्फत सार्वजनिक गरेका छन।गायक प्रबिण दियालीको स्वर रहेको उक्त दशै तिहार गीतमा शब्द रचना अगोम गुरुङको रहेको छ,टिका भण्डारीले संगीत गरेका छन भने कुमार थापाले संगीत सन्योजन गरेका हुन। भिडियोमा चर्चित गायक तथा नायक बाबु बोगटी र दिपा भट्टराई लगायत अन्य कलाकारहरुको न्रित्य र अभिनय हेर्न सकिन्छ भने भने गोमा लकान्द्रिले कोरियोग्राफी गरेकी छिन्।भिडियो लाई दिनेश शंकरले निर्देशन गरेका छन।गोविन घिमिरेको छायान्कन तथा सम्पादन रहेको यस् भिडियोमा सुमन विश्वले ड्रोन पाइलट को रुपमा काम गरेका छन भने केजे विश्वले शहायक निर्देशक भएर आफ्नो कला देखाएका छन। भिडियो हेर्न लिन्क खोल्नुहोस्। मायाको खेलको म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

उत्तम जङ लिम्बुको संगीतमा मेलिना राईको स्वर अलिशा राईको डान्स।भिडियो सहित हेर्नुहोस्।

Image
गायक उत्तम जङ लिम्बु(लावती)पछिल्लो समय संगीत गर्नमा निकै ब्यस्त हुँदै गैरहेका छन।गायनको साथ साथै संगीतकार को रुपमा पनि उत्तमले धेरै गीतहरुको सिर्जना गरिसकेका छन भने उनले गरेको संगीतमा धेरै चर्चित गायक गायिकाहरुले स्वर दिसकेका छन।उत्तम जङ लिम्बुको संगीत रहेको नयाँ गीत"गाउ कि गोरी"शिर्शक गीतको म्युजिक भिडियो भर्खर मात्र सामाजिक सन्जाल यु-ट्युब लगायत बिभिन्न टेलिभिजन च्यानल मार्फत सार्वजनिक भएको छ। माया गरेको शब्द रचना रहेको उक्त गीतलाई अहिलेकी चर्चित गायिका मेलिना राइले गाएकी छिन भने संगीत सन्योजन शाहस शाक्यले गरेका छन। "गाउकी गोरी"गीत को भिडियो निर्देशन चलचित्र न्रित्य निर्देशक कमल राईले गरेका छन।भिडियो मा चुलबुले मोडेल अलिशा राइको आकर्शक न्रित्य र अभिनय हेर्न सकिन्छ।सौरव लामाको छायान्कन रहेको उक्त भिडियो मा सुप्रिम पराजुलिको सम्पादन रहेको छ। भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्। मायाको खेल को भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

तामाङ् कथानक लघु चलचित्र फटाहा निर्देशक।

Image
उजन नेम्बाङ्,काठमाण्डौ। सागर तमाङको छायान्कन्,निर्देशान्,सम्पादन,लेखन निर्देशन् रहेको तामाङ् शर्ट मुभी "फटाहा निर्देशक"आज बाट सागर मुभी क्रिएशनले आफ्नै यु-ट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ। समाज भित्र हुने या चलचित्र क्षेत्र भित्र हुने बिक्रिती,बिसंगती घटना हरुलाई निरन्तर रुपमा चलचित्र मार्फत दर्शक सामु पस्कने कुरा यसका निर्देशक सागर तमाङले बताए। जम्मा ४६ मिनेट लामो यो तमाङ शर्ट फिल्म ५ भाग गरेर य्ट्युब मा रखिने तयारी गरिएको छ। पहिलो भाग एस् मिनेट को मात्र राखेको छ अरु भागहरु पनि क्रमश राखिन्दै जाने कुरा कुरको पनि सागर तमाङले हामीलाई जानकारी गराए। यो शर्ट फिल्म सागर मुभी क्रिएशनले आफ्नै लगानिमा निर्माण गरेको हो यसमा अभिनय गर्ने कलाकारहरु गायक तथा संगीतकार शुभ तामङ्,दिपेन्द्र राज तमाङ,क्रिश्नमान(अनिल तमाङ),सरिता तामाङ् र सागर तामाङ स्वयम रहेको छ। अर्को भाग मा अन्य नयाँ अनुहार हरु पनि देख्न पाईने कुरा निर्देशक सागर तामाङ्ले बताए। फिल्म हेर्न तलको लिन्क खोल्नुहोस्। सुपर हित नेपाली म्युजिक भिडियो हेर्नुहोस्।

खप्तडमा खिचिएको रानीको गीत सार्बजनिक।

Image
दयाराम दाहाल निर्देशित चलचित्र रानी’को गीत सार्बजनिक गरिएको छ केहि दिन अघि टिजर सार्वजनिक गरेको चलचित्रले आज राजधानीमा एक कार्यक्रमका बीच गीत सार्बजनिक गरेको भएको छ। सार्वजनिक भिडियोमा दुई डेब्यु कलाकार सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठसंग मलिना जोशीको प्रेमलाई देखाइएको छ । सार्वजनिक गीतलाइ खप्तडका रमणीय दृश्य लाइ कैद गरिएको छ चलचित्रमा अनुपविक्रम शाहीको पनि मुख्य भूमिका रहेको छ । विजय घिमिरेको शब्द तथा संगीत रहेको गीतमा विजय घिमिरे र निखिता थापाको स्वर रहेको छ । भानु महर्जन प्रस्तुतकर्ता रहेको यस चलचित्रको कथा यम थापाले लेखेकाहुन् । चलचित्र लाइ पुरुषोत्तमप्रधान, सिसन बानिया र मान कृष्ण महर्जनले छायाँकन गरेका हुन् । चलचित्रमा विजय घिमिरेको संगीत, अर्जुन जिसीको सम्पादन रहेको छ । बिमलमानगुभाजुको निर्माण रहेको यो चलचित्र आउदो कार्तिक २ मा रिलिज हुनेछ । मायाको खेल को भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

चर्चामा रहन जे पनि गर्ने प्रियन्का कार्किको हट सेल्फी हुनेवाला सासु सँग।

Image
नायिका प्रियंका कार्की अहिले चलचित्रको भन्दा प्रेमको रंगले बढी रंगिएकी छिन् । नायक आयुष्मान देशराज जोशीसँगको प्रेमका कारण प्रियंका कार्की चर्चित छिन् । आयुष्मान र प्रियंका प्राय एकसाथ हुन्छन् । प्रियंका आयुष्मानसँग मात्र होइन, उनको परिवारसँग पनि नजिक छिन् । आयुष्मानकी आमा बैंकर रविना देसराजसँग पनि प्रियंका निकै नजिक छिन् । केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै रविना र प्रियंकाले आफूहरुको निकटता प्रष्ट पारेका थिए । जुन भिडियो तपाइले यहाँ हेर्न सक्नुहुनेछ । उनै, पि्रयंकाले आफ्नो इन्स्ट्राग्राममा एउटा तस्बिर शेयर गरेकी छिन् । रविनासँग प्रियंकाले शेयर गरेको तस्बिरमा उनीहरु हट देखिएका छन् । स्विमिङका लागि तयार भएपछि यी दुइले तस्बिर लिएका थिए । प्रियंकाले ऐनाको अगाडि खिचेको यो सेल्फीले सामाजिक संजालदेखि मिडियामा राम्रै चर्चा पाइरहेको छ । स्राेतः अनलाइन खबरबाट नेपाली गीत को म्युजिक भिडियो हेर्न लिन्क खोल्नुहोस्।

दरबारमार्गको बेन्ट्लीमा ४७ सयको जुत्तालाई २६ हजार, मन्त्रिले छापा मारे।

Image
काठमाडौं- विदेशी सामान आयात गरेर बेच्ने नेपाली कम्पनीले कति प्रतिशतसम्म नाफा राख्लान् ?  २० प्रतिशत, ५० प्रतिशत वा शतप्रतिशत ? तर तपाई दरवारमार्गका 'ब्रान्डेड सोरुम' मा पुग्नु भयो भने त्यो गलत ठहर्ने छ। त्यहाँ तपाईको अनुमान भन्दा धेरै नाफा राखेर सामान बेच्ने गरिएको सोमबार आपुर्ति मन्त्रालयले गरेको अनुगमनको क्रममा भेटिएको छ।  कानून अनुसार २० प्रतिशत भन्दा बढी नाफा राख्न पाइदैन। तर ति सोरुमहरुले १ हजार प्रतिशत सम्म नाफा राखेर कानुनको धज्जीमात्र उडाएका छैनन, उपभोक्तामाथी सरासर लुट गरिरहेका छन्। बजार अनुगमनको क्रममा १ हजार प्रतिशत सम्म नाफा असुलेको पाइएको आपुर्ति व्यवस्था विभागका निर्देशक कुमार दाहालले बताए। दबारमार्गस्थित नाइक सोरुममा ४७ सय २० मा खरिद गरिएको जुत्तालाई २६ हजार ९ सय ९० बजार मूल्य राखिएको अनुगमन टोलीले भेटाएको थियो। दरवारमार्गमा दसैं तिहारको छुट दिने बहानामा उपभोक्तालाई ठगेको भेटिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए। बेन्ट्लीले सोरुममा छापा मार्दा सामानको खरिद विल देखाउन सकेनन्। 'उपभोक्तालाई ठग्नेहरुलाई कुनै पनि प्रकारको कानूनी छुट दिइने छैन', आपूर्त