Posts

Showing posts from October, 2017

के जादु गर्‍यौ भन्दै आए गायक तारा लक्सम लिम्बु भिडियो सहित।

Image
उजन नेम्बाङ्,काठमान्डौ।  गायक तारा लक्सम लिम्बुको नयाँ "के जादु गर्‍यौ भन तिमीले"शिर्शक गीतको म्युजिक भिडियो केही दिन अगाडि मात्र सामाजिक सन्जाल यु-ट्युब लगायत बिभिन्न तेलिभिजन च्यानल हरु मार्फत सार्वजनिक भएको छ। आशिश भट्टराइको शब्द रचना तथा जन्म राइको संगीत रहेको उक्त गीतको संगीत सन्योजन उदय राज पौड्यालले गरेका हुन। जीवन रसाइलीले निर्देशन गरेको उक्त भिडियो मा मोडलद्वय नर मान राइ र रेनुका पौड्यालको उत्कृष्ट अभिनय हेर्न सकिन्छ।भिडियो मा जीवन रसाइली र कशी कडेलको सन्युक्त छायान्कन रहेको छ भने सम्पादन समेत जीवन रसाइली स्वयमले गरेका छन।भिडियोमा बुनु राइको मेक-अप  तथा नर मान राइको कोरियोग्राफी रहेको छ। भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

२० वर्षीया ऋचाले पहिले नै गरेकी थिइन् आत्महत्याको प्रयास!

Image
काठमाडौँ, २०७४ कात्तिक ०९ बिहीवार । विर्तामोडकी २० वर्षीया ऋचा सेढाइ गत आइतवार दिउँसो मृत अवस्थामा भेटिए तर अझैँ मृत्युको कारण खुल्न सकेको छैन। तर, उनको रहस्यमयी आत्महत्यामा जोडिएका केही तथ्य भने फेला परेका छन्।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतलको अनुसार उनले यसअघि पटक पटक आत्महत्या प्रयास गरेकी थिइन । उनले यसअघि पनि औषधि सेवन गरेर सुसाइड गर्न खोजेकी बताए । करिब ४ महिनाअगाडि ऋचाले ट्वाइलेटमा प्रयोग हुने विषादी सेवन गरेकी थिइन्। त्यसबेला उनलाई परिवारले विर्तामोडको एक अस्पतालमा उपचार गराएका थिए। परिवार तथा उनलाई उपचार गर्ने चिकित्सकले उनले औषधि सेवन गरेको प्रहरी समक्ष स्वीकारेका छन्। ऋचाको मोबाइलमा सम्पर्क गरेको फोन डिटेल भने डिलेट गरेको अवस्थामा भेटिएको थियो। डिएसपी राजकुमार सिलवालले उनको कल डिटेल निकालेर अनुसन्धान अगाडि बढाएको बताए। ऋचा आफ्नो भविष्य ग्याल्मर क्षेत्रमा बनाउने सोचमा थिन्। उनले केही क्षेत्रीयस्तर सौन्दर्य प्रतियोगितामा सहभागी भएकी थिइन। नेपाली म्यूजिक भिडीयो हेर्न तलको लिंक खोल्नुहोस।

गायक"टुन्ना बेल थापाको"जे छ गर तिमी"।

Image
उजन नेम्बाङ,काठमाण्डौ। नव गायक"टुन्ना बेल थापाको"जे छ गर तिमी"नामक एल्बममा समाबेश"बुझ्नेलाई"शिर्षक गीतको लिरिकल्ली म्यूजिक भिडीयो सामाजिक संजाल यू-ट्यूब मार्फत सार्बजनिक भएको छ।टुन्ना बेल थापाको शब्द,संगीतमा तयार भएको गीतलाई टुन्ना बेल थापा स्वयमले संगीत संयोजन गरेका छन।भिडीयोलाई टुन्ना बेल थापा स्वयमले आफ्नो यू-ट्यूब मार्फत सार्बजनिक गरेको छ। भिडीयो हेर्न तलको लिंक खोल्नुहोस।   नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

’ऐश्वर्य’ पोस्टरमा अटाइन केकी अधिकारी

Image
उजन नेम्बाङ्,काठमाण्डौ। सार्वजनिक गीत तिमि रोएको पल र ट्रेलरले चर्चामा ल्याएको कार्तिक ९ मा रिलिज हुने चलचित्र ’ऐश्वर्य’ ले केकी अधिकारीलाइ अगाडी ल्याएको छ । ट्रेलरमा मात्र रिभिल गरिएको केकीलाई निर्माण पक्षले सार्वजानिक गरेको नयाँ पोष्टरमा केकीलाई अभिनेता रमेश उप्रेतीसंग प्रस्तुत गरेको छ । ट्रेलरमा दर्शकलाई सरप्राइज दिएपछि निर्माण टीमले केकीलाई पोष्टरमा पनि रिलिज गरेको छ । दर्शकले ट्रेलरमा केकीलाई रुचाएका छन् भने चलचित्र भित्र उनि दमदार भूमिकामा रहेको निर्माण पक्षले बताएको छ । चलचित्रमा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा सह निर्माता रहेको यस चलचित्रमा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप वरालको छायाँकन रहेको यो चलचित्र कार्तिक ९ मा रिलिज हुनेछ । चलचित्रलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ ।

यसकारण २५ बर्षको उमेरमा काजोलले गरेकी थिईन् अजय देवगनसँग बिवाह

Image
‘बाजिगर’, ‘प्यार किया तो डरना क्या’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’ जस्ता सुपरहिट फिल्मकी नायिका आज ४३ बर्षकी भएकी छिन् । ५ अगस्ट १९७४ मा जन्मिएकी काजोलले १९९९ मा अजय देवगनसँग बिवाह गरेकी हुन् । त्यो बेलामा काजोलको उमेर २५ बर्षको मात्र थियो र उनको करिअर पनि भर्खर उकालो लाग्ने क्रममै थियो । यस्तो अवस्थामा उनले ‘बाजिगर’, ‘प्यार किया तो डरना क्या’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’ जस्ता सुपरहिट फिल्मकी नायिका आज ४३ बर्षकी भएकी छिन् । ५ अगस्ट १९७४ मा जन्मिएकी काजोलले १९९९ मा अजय देवगनसँग बिवाह गरेकी हुन् ।

त्यो बेलामा काजोलको उमेर २५ बर्षको मात्र थियो र उनको करिअर पनि भर्खर उकालो लाग्ने क्रममै थियो । यस्तो अवस्थामा उनले बिवाहको फैसला किन लिईन् ? यसको उत्तर उनले १७ बर्षपछि एक अन्तर्वार्तामा दिएकी थिईन् ।

उनी जीन्दगी र करिअरमा बिश्राम चाहन्छिन् यसकारण उनले बिवाहको फैसला लिएकी हुन् । उनी भन्छिन्, ‘मैले काम गरेको लगभग ९ बर्ष भएको थियो । हरेक बर्ष ४–५ वटा फिल्महरु आईरहेको थियो । मसँग सबै कराहरु थियो ।

पैसा, सफलता,र सबैकुरा तर मेरो

वेस्मा लाङ्योक २, यसरी हुँदैछ ऐतिहासिक कार्यक्रम ।

Image
उजन नेम्बाङ,काठमाण्डौ। विशुद्ध लिम्बू भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्वध्र्दनको लागि सकृय याक्थुङ हाक्पारे पालाम सयङको आयोजनामा ‘वेस्मा लाङ्योक २’ हुने भएको छ । गत वर्र्ष वेस्मा लाङ्योक (फरक पाईला) नामक बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरिसकेको छ । यस वर्ष लिम्बु संस्कृतिमा आधारित ‘वेस्मा लाङ्योक २’ गर्न लागेको जानकारी संस्थाका महासचिव शैलेन्द्र थेबेद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । संस्थासँग आवद्ध रहेका तथा नरहेका करिव सय जना भन्दा बढी कलाकारलाई एकैपटक मञ्चमा उतार्ने लक्ष्य आयोजकले लिएको छ । आगामी माघ ६ गते शनिबार राष्टिृय नाचघर जमलमा हुने कार्यक्रममा प्राज्ञ अशोक लोहरुङ राईद्वारा संगीतबद्ध एक दर्जन लिम्बु भाषाका गीत प्रस्तुत गरिनुका साथै लिम्बुहरुको मौलिक नाच च्याब्रुङ, धान नाच, हाक्पारे, पालाम, ख्याली र तङसीङ तक्मा यबा फेदाङमाहरुको छुट्टै प्रस्तुती, मौलिक भेषभूषा, लोप हुन लागेका मौलिक सामग्रीहरुको सजावट समेत हुने भएका कारण पनि उक्त कार्यक्रम ऐतिहासिक हुने अनुमान गरिएको छ । सम्पूर्ण कार्यक्रम राष्टिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने व्यवस्था मिलाईएको याक्थुङ

नेपाल आईडलकि प्रमिला राईको पहिलो गित'' कान्छा हौ "युट्युबमा सार्बजनिक।

Image
उजन नेम्बाङ,काठमाण्डौ। नेपाल आईडलकि उत्कृष्ट सातमा पर्न सफल प्रमिला राईको पहिलो गित '' कान्छा हौ " युट्युबमा सार्बजनिक भएको छ। थोरै समय मा नै युट्युबमा धेरै ले रुचाइएको र धेरै नै हेरिरहेको छ। उक्त गित को लेखन र संगित नेपाली ताराका बिजेता प्रताप लामा ले गरेका छन। कान्छा हौ गितको भिडियोमा भद्रगोलकि अभिनेत्री रक्षा श्रेष्ठ अनि हिमालयन रोडिजका प्रतिस्पर्धि सुदित श्रेष्ठले अभिनय गरेका छन् । उक्त भिडियोलाई पसाङ योन्जन लामाले निर्देशन र सन्तोस राजबाहकले नृत्य निर्देशन गरेका छन भने छायांकनमा ग्यानेन्द्र शर्माले साथ दिएका छन। अहिले नेपाली संगित प्रेमिहरुको माझमा '' कान्छा हौ " गितको धेरै नै प्रशंसा भएको पाइएको छ। गायिका प्रमिला राई नेपाल आइडल बाट बाहिरिए पछि विभिन्न गितको रेकर्डिङ र विभिन्न देश बिदेशको संगितिक कार्यक्रमहरुमा ब्यस्त भईरहेकी छिन। उनको यो पहिलो गित भएको र यो गित दर्शक श्रोताहरुले धेरै मन पराईदिने आशा गरेको गायिका प्रमिला राई ले बताईन। भिडियो हेर्न लिन्क खोल्नुहोस्।  मायाको खेल"को म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

"जब तिमीलाई"गायक भबिन लिम्बुको म्युजिक भिडियोमा क्रिस्टिना थापा र दिपेश श्रेष्ठको रोमान्स।

Image
उजन नेम्बाङ,काठमाण्डौ। हङकङमा कार्यरत गायक भबिन लिम्बूको"जब तिमीलाई"शिर्षक गीतको म्यूजिक भिडीयो सामाजिक संजाल यू-ट्यूब मार्फत सार्बजनिक भएको छ।कृष्ण लिम्बूको शब्द,संगीतमा तयार भएको गीतलाई दिनेश श्रेष्टले संगीत संयोजन गरेका छन ।गायक भबिन कुशल कबि र सामाज सेवक पनि हुन।उनीद्वारा रचनाबद्द कबिता संग्रह"हङ्कङ चश्मीश"र "छाँया"पहिलेनै सार्बजनिक भईसकेको छ। र प्रबिनले निर्देशन गरेको उक्त भिडीयोमा मोडलद्वय दिपेश श्रेष्ट र कृष्टिना थापाको अभिनय हेर्न पाईन्छ।भिडीयोमा धाना योन्जन तामाङको छाँयाकन तथा माधब बेलबासेको सम्पादन रहेको छ।भिडीयोलाई सङ्स नेपालले आफ्नो यू-ट्यूब मार्फत सार्बजनिक गरेको छ। भिडीयो हेर्न तलको लिंक खोल्नुहोस। नेपाली गीतको भिडीयो हेर्न तलको लिंक खोल्नुहोस।