Posts

Showing posts from June, 2018

दिवश र सभ्यता डेब्यु चलचित्र ` यो माया कस्तो माया ´ को पहिलो गीत रिलिज..( भिडियो सहित )

Image
उजन नेम्बाङ,काठमान्डौ। किसान पोखरेलको प्रस्तुति अनि SKN सिनेमा प्रा.ली.को ब्यानरमा निर्माण भएको चलचित्र ‘यो माया कस्तो माया’को पहिलो रोमान्टिक गीत रिलिज भएको छ । हिजो बिहीबारको दिन राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको निर्माण पक्षले उक्त गीत सार्वजनिक गरेको हो ।  सार्वजनिक गीतमा गायक तथा भिजे फिरोज बस्नेत र सर्वाधिक चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ भने गीतलाई शब्द रचना तथा संगीत भरेका छ्न गायक तथा संगीतकार अर्जुन पोखरेलले । गीतको भिडियोमा चलचित्रको मुख्य कलाकार दिवश धिताल र सभ्यता गिरी फिचरमा रहेको छ भने कोरियोग्राफर राम्जी लामिछानेको आकर्षण कोरियोग्राफिमा गीत निकै उत्कृष्ट बनेको छ । नायक दिवश र नायिका सभ्यताले यसै चलचित्र मर्फत सिनेमा क्षेत्रमा प्रवेश गरेका छन भने उनिहरुको यो पहिलो डेब्यु चलचित्र हो ।  भुषण आनन्द ठकुरीको निर्देशनमा तयार भएको यस चलचित्रको कथा लेखन समेत निर्देशक ठकुरीकै रहेको । लामो समयदेखी फोटोग्राफि अनि चलचित्रहरुमा छोटा छाेटा अभिनयहरुमा देखिएका भुषण आनन्द ठकुरीको यो पहिलो डेब्यु निर्देशन चलचित्र हो भने चलचित्र कथा पनि पहिलो लेख रहेको छ । प्रे

टीका प्रसाईंको ‘माया लुकी लुकी’ सार्वजनिक (भिडियो)

Image
नेपाली सांगीतिक क्षेत्रमा एक उदियमान गायिका हुन् टीका प्रसाईं । आफ्ना गीतहरु मार्फत दर्शक श्रोताको मनमा बस्न सफल गायिका टीका प्रसाईंका ‘तिमी भन्छौ भने’, ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘चट्ट सलाम’ सेल्फिको जमाना जस्ता थुप्रै चर्चित गीतहरु छन् । झापा, तोपगाछी बाट आफ्नो सागीतिक यात्रा शुरु गरेर करिब दुइ दशकको सांगीतिक यात्रा तय गरेकी गायिका प्रसाईंका सयौं गीतहरु नेपाली सिनेमा र एल्बमहरुमा सुन्न सकिन्छ । आनन्द अधिकारीको शब्द रचना, आशिष अविरलको संगीत र संगीत-संयोजनले सजिएको उक्त गीतको बोल ‘माया लुकी लुकी’ रहेको छ । रचनात्मक शब्द-संगीतले भरिएको यस डान्सिंग नम्बरमा चर्चामा रहेको डान्सिंग ग्रुप ‘द कार्टून क्रिउ’ लाई फिचरिंग गरिएको छ । भिडियोमा कार्टुन क्रिउ ग्रुपबाट सरोज अधिकारीको आफ्नै कन्सेप्ट र डाइरेक्सन रहेको छ भने प्रविन श्रेष्ठले भिडियो सम्पादन गरेका छन् भने भिडियो लाइ ज्ञानेन्द्र शर्माले खिचेका हुन् । भिडियोलाई ओसियाना एजुकेशन कन्सलटेन्सि काठमाडौँ र सिड्नीले सपोर्ट गरेको छ । यो पनि हेर्नुहोस्।

चलचित्र ‘वीराङ्गना’को पोष्टर सार्वजनिक शिल्पा,अनुप,पृथ्वी संगै जनावर पनि।

Image
काठमाडौँ,नेपाल। यही असार २९ मा देशभर रिलिज हुने चलचित्र ‘वीराङ्गना’ को पोष्टर सार्वजनिक गरिएको छ । लभस्टोरी एक्सन ‘वीराङ्गना’ को पोष्टरमा चलचित्रका मुख्य कलाकारहरु अनुप विक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी राज प्रसाईलाई प्रस्तुत गरिएको छ । पोष्टरमा शिल्पा पोखरेललाई घोडा र बाँदरसँगै एक्शन लुक्समा पनि प्रस्तुत गरिएको छ । चलचित्रको प्रचार सुरुसँगै चलचित्रको गीत, पोष्टर लगायतका प्रचार सामाग्रीहरु सार्वजनिक गरिरहेका छन् । चलचित्रमा शिल्पा, अनुप र पृथ्वीराजको अलावा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धुर्ब कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको छ । चलचित्रको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनिले लिएका छन् । नेपाली भिडियो हेर्नुहोस्।

सलोन बस्नेतको"बाबुकान्छा"टिजर सार्बजनिक।

Image
काठमाडौँ,नेपाल। सलोन बस्नेत अभिनित चलचित्र ‘बाबु कान्छा’को टिजर सार्वजनिक गरिएको छ ।१७ बर्ष अघि सलोनले पहिलो पटक अभिनय गरेको चलचित्र ‘नेपाली बाबु’ को झलक समेत राखेर सार्वजनिक गरिएको टिजरमा सलोनलाई मात्रै प्रस्तुत गरिएको छ । असार २९ गते बाट प्रदर्शनमा आउने ‘बाबु कान्छा’मा सलोन, नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला, करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्। शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’को यस अघि एउटा गीत सार्बजनिक गरि सकिएको छ । संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको चलचित्रमा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ । चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं

"चि मुसी चि’को पोस्टर सार्वजनिक।अलिशा राईको साथमा सुनिल र सुसान्त।

Image
ढाकाटोपी नेपाल,काठमाडौँ । श्रावण ११ गते रिलीज हुने नेपाली चलचित्र ‘चि मुसी चि’को पोस्टर सार्वजनिक गरिएको छ । टौवा क्रियशनले तयार पारेको पोस्टरमा प्रमूख तीन कलाकारहरु सुनिल क्षेत्री, सुसान्त कार्की र अलिशा शर्मा रहेका छन् । म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । चलचित्रमा सुरज अधिकारीको संगीत रहेको छ । सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् । नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

गायक भुवन सुप्तिहाङले पाथिभरामाताको गीत गाए।

Image
उजन नेम्बाङ,काठमान्डौ। गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।उनले उक्त गीत मार्फत नै पुर्वको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाथीभराबारे बताएका छन् । उक्त गीतले पाथीभरा घुम्न जान प्रेरित गर्छ । ताप्लेजुङको उच्च पहाडी इलाकामा रहेको ‘पाथीभरा देवीको दर्शन गर्दा मनले चिताएको पुग्छ’ भन्ने जनविश्वास छ । त्यस्तैले भुवनले गीतमार्फत पाथीभरा दर्शन गर्न जाँदा मनमा हुने एक किसिमको उत्साह र गरिमालाई दर्साएका छन् । भुवनकै शब्द तथा संगीत रहेको यस गीतको भिडियोको छायांकन पाथीभरातिरै गरिएको छ । त्यसैले उक्त गीत तथा भिडियो हेरिसकेपछि जो–कोहीलाई एकपटक पाथीभरा दर्शन गर्नका लागि उत्साहट गर्छ । भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।   यो पनि हेर्नुहोस्।

‘ए मेरोहजुर ३’भन्दा पहिलानै रिलिज हुने मिलन चाम्सको ‘ब्याच्लर बन्टी’।

Image
काठमाडौं – युवा स्टार अनमोल केसीको अभिनयमा बन्न लागेको तेस्रो फिल्मको नाम तय भएको छ। अहिले ’क्याप्टेन’को छायांकनमा व्यस्त अनमोलले केही समयअघि दुई वटा फिल्मका लागि साइन गरेका थिए। झरना थापाको निर्देशनमा बन्ने ’ए मेरो हजुर ३’ का साथै मिलन चाम्सले निर्देशन गर्ने फिल्मको नाम टुंगो लाग्न बाँकी थियो। अहिले भने अनमोलको उक्त फिल्मको नाम जुरेको छ, ‘ब्याच्लर बन्टी’। छायांकन सुरु हुनु धेरै समयअघि नै अनमोललाई फिल्ममा अनुबन्ध गरिएको थियो। अनमोल ’क्याप्टेन’ पछि ’ए मेरो हजुर ३’ मा व्यस्त रहनेछन्। यसपछि मात्र फिल्म ’ब्याचलर बन्टी’को सुटिङ सुरु हुनेछ। प्रदीप भारद्वाजको लेखनमा बन्ने ’ब्याचलर बन्टी’को अधिकांश दृश्य विदेशमा छायांकन गरिने जनाइएको छ। ‘ए मेरो हजुर ३’ भन्दा पछि छायांकन हुने ‘ब्याचलर बन्टी’ उक्त फिल्मभन्दा अगाडि प्रदर्शनमा आउनेछ। निर्देशक चाम्सका अनुसार, झरनासँगको सम्झौता अनुसार पहिलो ए मेरो हजुर ३ पहिला सुटिङ गरेपनि फिल्म ब्याच्लर बन्टी पहिले सार्वजनिक हुने छ। नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

‘गोरेले भनेको छिरिङ अर्कै हुनसक्छ ।आत्मसमर्पण गरेका छिरिङ जेल चलान

Image
विराटनगर, जेठ २० । साढे ३३ किलो सुनकाण्डका मुख्य अभियुक्त मध्येका छिरिङ वाङ्गेल घले जेल चलान भएका छन् । जिल्ला अदालत मोरङको फैसला अनुसार छिरिङलाई पुर्पक्षका लागि मोरङ कारागार लगिएको छ । उनी अर्का अभियुक्त भुजुङ गुरूङका साला पनि हुन् । बिहान अदालतमा आत्मसमर्पण गरेलगत्तै घलेले इन्कारी बयान दिएका थिए । बयानमा छिरिङले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका हुन् । तर मूख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ले भने सुन तस्करीको सेटिङ मिलाउने काम छिरिङले गरेको र उनकै मातहतमा आफूले भरियाको नेतृत्व गरेको बयान दिएका थिए । बिहान ११ बजेपछि सुरु भएको बयानमा छिरिङले गोरे लगायतको समूहले आफूलाई फसाउन झुटो बयान दिएको आरोप समेत लगाए । आफू डा. डेविट नभएको दाबी गर्दै उनले गोरेले भनेको छिरिङ अर्कै हुनसक्ने तर्क पनि गरेका थिए । गृह मन्त्रालयलबाट गठित छानबिन समितिको अनुसन्धानका आधारमा जिल्ला अदालत मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो । समाचार इमेज खबरबाट साभार। नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

प्रदिपको ‘लिलिबिली’ले मनायो ५१ दिन।

Image
काठमाडौँ,नेपाल। प्रदिप खड्का स्तरर चलचित्र ‘लभ स्टेशन’ औपचारिक घोषणा गरिएको छ राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको घोषणा गरिएको हो उज्जवल घिमिरेले निर्देशन गर्ने चलचित्र ‘लभ स्टेशन’ प्रदिप खड्काको मुख्य भूमिका रहनेछ । प्रदिप को जोडी नायिका भने फाइनल भई सकेको छैन । नायिका जसिता गुरुङको चर्चा चले पनि जसिता संग एग्रिमेन्ट भई नसकेको निर्माता गोबिन्द शाहीले बताए । प्रदीपसँगै गोविन्द शाही निर्माता रहेको चलचित्रको लागि नायिका खोजी भई रहेको र चलचित्रका निर्देशक उज्जवल घिमिरे अमेरिका बाट फर्किन साथ नायिकाको टुंगो लाग्ने निर्माता गोबिन्द शाहीले बताए । चलचित्रको पटकथा सुबाश सिंह बस्नेतले लेखि रहेका छन् । चलचित्र ‘लब स्टेसन’ नाम अनुसार अामा र छाेरीकाे मायामा अाधारित हुने नायक प्रदिप खड्काले बताए । काफिया फिल्मस् र प्रदीप मिडिया प्रालिको व्यानरमा निर्माण हुने चलचित्रको अन्य प्राबिधिक हरु छनोट भई रहेको छ । चलचित्र आगामी बर्षको फागुन २४ गते प्रदर्शनमा ल्याउने लक्ष्य रखिएको छ । कार्यक्रममा चलचित्र ‘लिलिबिली’ प्रदर्शनको ५१ औँ दिन पुगेको अबसरमा केक समेत काटिएको थियो कार्यक्रममा लिलिबिलिका निर

परदेशीको पिडा समेटिएको चेतनको ‘गाउँको याद’ सार्बजनिक (भिडियो)

Image
गायक तथा संगीतकार चेतन सापकोटाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक गीतले परदेशमा बस्नेको पिडा बोलेको छ । परदेशमा बसेर घरको याद आएको कुरा गीतमा व्यक्त गरिएको छ । सापकोटाकै शब्द रचना रहेको गीतमा राजु,रोमा,कंडेल डोचाराम सापकोटाको अभिनय रहेको छ । बिशाल भट्टले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने सापकोटाकै निर्देशन रहेको छ । वि स्टार नेपालको अफिसियल यु ट्युब मार्फत भिडियो सार्बजनिक गरिएको हो ।