Posts

Showing posts from July, 2017

गायक उजन लाई बाटोमा देख्दा उनले नजर झुकाएपछि।भिडियो सहित् हेर्नुहोस्।

Image
उजन नेम्बाङलाई बाटोमा देख्दा किन उनले नजर झुकाईन? भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्। "मायाको खेल"को भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

पैसा कमाउन कोरियामा यसरी काम गर्नुपर्छ।हेर्नुहोस् भिडियो।

Image
समुद्रको किनारमा राम्रो-राम्रो फोटो हेरेर मात्र बहिरको कल्पना नगरौ,सजिलो छैन पैसा कमाउन,कोरियामा यसरी काम गर्नुपर्छ।हेर्नुहोस् भिडियो। "मायाको खेल"को म्युजिक भिडियो हेर्न यो लिन्क खोल्नुहोस्।

नेपाली चलचित्र ‘धुम २’को ट्रेलर सार्वजनिक भएको छ ।

Image
अभिनेता जयकिशन बस्नेतको लेखन, नृत्य निर्देशन, निर्माण र निर्देशनमा बनेको नेपाली चलचित्र ‘धुम २’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरियो । कार्यक्रममा चलचित्रका मुख्य कलाकारसमेत रहेका जयकिशनले चलचित्र पूर्ण रुपमा कमेडी शैलीमा बनेको बताए । ‘हामीले चलचित्रको नारा नै मनोरञ्जनको शत प्रतिशत ग्यारेन्टी राखेका छौं । त्यसकारण पनि चलचित्र दर्शकका लागि रुचीकर हुनेछ उनले भने ।’ ट्रेन्डी फिल्मस्को व्यानरमा जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा जयकिशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, उत्तम केसी, बसन्त तामाङ,राम गौतम लगायतका कलाकारको अभिनय रहेको छ । तीज पर्वलाई लक्षित गर्दै भदौ ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा एनबी महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, जीवन श्रेष्ठको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ । आज आयोजना गरिएको कार्यक्रममा चलचित्रको ट्रेलर सार्बजनिक संगै दुइ वटा गीत पनि देखाईएको थियो । "मायाको खेल"को भिडियो हेर्न तलको लिन्क खोल्

गायिका ममता गुरुङ पुष्पल खड्कालाई "बाधन बाध मलाई"भन्दै आइन।

Image
लण्डनमा रहेका नव गायिका ममता गुरुइ०को पहिलो संगीतिक एल्बमले चर्चा बटुल्दै छन् । ममताको पहिलो सांगीतिक सन्तान उक्त गीती संग्रह गत अप्रिलमा नेपालमा विमोचन गरिएको थियो भने बेलायतमा समेत एक समारोहबीच लोकार्पण गरिएको छ। एल्बमसंगै सोही एल्बमका बाँधन बाँधनु बोलको गीतको म्युजिक भिडीयो पनि सार्वजनिक गरिएको छ। जुन गीतले दर्शक र स्रोतामाझ लोप्रियता कमाउदै गरेको गायिको दावी छ । एल्बममा ५ वटा गीतहरु समावेश छन्। गायिका स्वमय ममता गुरुंग सहित शशी थापा सुब्बा, काली प्रसाद बास्कोटा र केबी गुरुंगको रचनालाई तारा प्रकाश लिम्बु, काली प्रसाद बास्कोटा, सुरेश मानन्धर, ईन्द्र आरपी र दावा गुरुइ०को संगीतले सिंगारीएको छ। स्मुल र कभर गीतहरुबाट चर्चामा आएकी ममताको यो डेब्यू एल्बम हो।चितवन निवासी उनी हाल बेलायत बस्दै आएकी छिन्। भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।  "मायाको खेल"को भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

लोकप्रिय गायिका मेलिना राइको नयाँ"तिमिले टेक्ने"गीतको म्युजिक भिडियो सार्वजनिक।

Image
उजन नेम्बाङ,काठमाडौं। लोकप्रिय गायिका मेलिना राइको नयाँ"तिमिले टेक्ने"बोल रहेको गीतको म्युजिक भिडियो भर्खरै यु ट्युब मार्फत सार्वजनिक भएको छ। राम रेप्चोक राइको शब्द रहेको उक्त गीत लाइ बिनोद खम्बुले संगीत गरेका छन। उक्त गीत को म्युजिक भिडियोलाई झापा वरपरको क्षेत्रमा छायान्कन गरेर तयार गरिएको छ। भिडियोमा मोडल ब्रिक्ष्या एङ्लो र साथीहरुको अभिनय तथा न्रित्य हेर्न पाईन्छ। गोबिन्द प्रभात को निर्देशन मा बनेको यस् भिडियोमा छायान्कन बिक्रम डि सि ले गरेका छन भने सम्पादन राजेन्द्र पाण्डेको रहेको छ। भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस्। मायाको खेल"गीत को भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस्।

चलचित्र ‘ए मेरो हजुर २’ को ट्रेलर सार्वजनिक (भिडियो) ।

Image
उजन नेम्बाङ,काठमाडौं।  एक दशक अघि प्रदर्शनमा आएर सफल चलचित्र ‘ए मेरो हजुर’ को सिक्वेल ‘ए मेरो हजुर २’निर्माण सम्पन्न भएको छ दुइ वटा गीत सार्बजनिक गरेर चर्चामा रहेको चलचित्रको ट्रेलर सार्बजनिक गरिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर ट्रेलर सार्बजनिक गरिएको हो । चलचित्रकी मुख्य कलाकार सम्राज्ञी राज्यलक्ष्मी शाह प्रेसमिटमा ढिला उपस्थित हुँदा कार्यक्रम अलिक लामो बनेको थियो । सार्बजनिक ट्रेलरले फ्रेन्डसिप, र प्रेमका कुरा भन्छ । सार्वजनिक ट्रेलर साहिल खानले तयार गरेका हुन् । ट्रेलरमा डाइलग मन छुने खालका छन् । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरेको चलचित्र लाइ सुनिलकुमार थापाले निर्माण गरेका हुन् । झरना थापा डेब्यु सिनेमामा सलिनमान बानियाँ, सम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत, विल्सनविक्रम राई, बुद्दी तामाङ, सुमन पौडेल, अनुभव रेग्मी, अजश्र ढुंगाना, अनुराग कुँवर लगायतका कलाकारको अभिनय छ । भदौ १६ बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र प्रतिक्षित बनेको छ । ट्रेलर हेर्न तलको लिन्क खोल्नुहोस्। "मायाको खेल"गीत को भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस्।

गायक अशोक तामाङ् को नयाँ "मै बिदेश जादा" गीतको म्युजिक भिडियो सार्वजनिक।

Image
गायक अशोक तामाङ् को नयाँ "मै बिदेश जादा"बोल को गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ।बिशेष गरेर नेपाली युवाहरु आफ्नो गाउ घर छोडेर बिदेश गएका हरुलाई तार्गेट गरी तयार गरिएको यो गीत र म्युजिक भिडियो साचैनै उत्कृष्ट बनाएका छन युवा निर्देशक सागर तामाङ् लामाले।युव राज वाइवाको शब्द र बिक्रम थापाको संगीत मा तयार भएको उक्त गीतलाई अशोक तामाङ् स्वयमले संगीत सन्योजन गरेका छ। काठमाडौं को फर्पिङ र बौध्ध जोरपाटी आशपाशको क्षेत्रमा छायान्कन गरिएको उक्त भिडियोमा तामाङ् समुदायका चलचित्र हरुका चर्चित कलाकार द्वय सुस्मा,अर्जुन र लाल मानको अभिनय हेर्न र देख्न पाईने छ। भिडियोमा सागर लामा र प्रकाशको छायान्कन रहेको छ भने सम्पादन तथा निर्देशन सागर तामाङ् लामाले गरेका छन।भिडियो सागर मुवी क्रिएसन ले तयार गरेको हो। भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।  

मौलिक तीज गीत घर झगडाको भिडियो सार्बजनिक ।

Image
हिन्दु नारी हरुको महान चाड तीज नजिकिए संगै तीज गीतका भिडियो सार्बजनिक हुने क्रम पनि बढ्दो छ । यसै क्रममा मौलिक तीज गीत घर झगडाको भिडियो सार्बजनिक गरिएको छ । इन्द्र जी.सी,यज्ञ सापकोटा,चिनु घर्ति मगर,मुना थापा र प्रतिमा भट्टराईको स्वर रहेको गीतमा इन्द्र जी.सी.को संगीतको रहेको छ भने शब्द चिनु घर्ति मगरको रहेको छ । मदन खड्काले निर्देशन गरेको भिडियोमा एउटा घरको यथार्थ घटना लाइ देखाउन खोजिएको छ । टंक के.सी.ले छायांकन गरेको भिडियो लाइ बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोमा सुरबीर पण्डित,रमा थपलिया,इश्वर भण्डारी,अनु पराजुली र समिताको अभिनय रहेको छ ।

देउवाको बदनाम गराउनलाई योजना बनाएरै प्रश्नहरु सोधेको प्रमाण भेटियो।तर जे सुकै भए पनि राष्ट्र प्रमुखले जनतालाई बुझाउने शैली त्यही होत?

Image
Published on Jul 9, 2017 मायाको खेल किन हुन्छ जाल झेल?-को म्युजिक भिडियो हेर्नुहोस्। https://youtu.be/Pq72LX5b2T0 Don't forget to like and share with everyone if you liked this video! DHAKA TOPI NEPAL Presents! © copyright 2017 Dhakatopi Nepal. To stay updated please CLICK HERE to SUBSCRIBE: http://www.youtube.com/channel/UCqOnn ... Dhakatopi Nepal Pvt. Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Visit us @ www.dhakatopinepal1.blogspot.com Connect WithDhakatopi Nepal: Facebook Page: http://www.facebook.com/dhakatopi.nep ... Twitter: https://twitter.com/twitter:https://t ... Instagram: https://instagram.com/dhakatopinepal1 Category : Controversy News License : Standard YouTube License

काठमाडौंमा आज दिउसै आन्दोलन जुलुस :स्वदेशमै काम गरेर खान देउ सरकार भन्दै जनता सडकमा उत्रिए।

Image
काठमाडौंमा आज दिउसै आन्दोलन जुलुस :स्वदेशमै काम गरेर खान देउ सरकार भन्दै जनता सडकमा उत्रिए। काठमाडौंमा आज दिउसै आन्दोलन जुलुस :स्वदेशमै काम गरेर खान देउ सरकार भन्दै जनता सडकमा उत्रिए। रोजगारी सम्रिद्दी र राष्ट्रियता को नारा बोकेर आज दिउसै काठमाडौं को पुतलिसडक बागबजार रत्नपार्क लगायतका क्षेत्रमा राष्ट्रबादी नेपाल को आयोजनामा आजको आवश्यकता राष्ट्रबादिको हातमा सत्ता भन्दै स्वदेशमै काम गरेर खान देउ,युवा बेच्न पाइन्दै जस्ता नारा हरु लगाएर ठुलो भिड को जुलुस शहित र्याली निकालेको थियो।      

चलचित्र ‘धनपति’को दुई दिनको कलेक्सन करोड ग्रस,हेर्नुहोस् भिडियो।

Image
हिजो शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको लेखक तथा कलाकार खगेन्द्र लामिछाने अभिनित फिल्म ‘धनपति’ ले अहिले सिनेमा हलहरुमा हाउसफूल विजनेश गरिरहेको छ । प्रदर्शनको पहिलो दिन शुक्रवार ८० प्रतिशत अकुपेन्सी रहेको फिल्मको दोस्रो दिन शनिवार ९० प्रतिशतभन्दा माथि अकुपेन्सी छ । फिल्मले मल्टिप्लेक्स र सिंगल दुवैतिर उतिक्कै दर्शकको साथ पाएको छ । निर्देशक दीपेन्द्र के. खनालले ‘फिल्मीखबर डटकम’सँग कुराकानी गर्दै भने, ‘आज देशभर फिल्म हाउसफूल छ । कुनै पनि मल्टिप्लेक्स र सिंगल हलमा एउटा सिट पनि खाली छैन । मल्टिप्लेक्सले आइतवारबाट झन शो बढाइरहेका छन् ।’ उनका अनुसार, फिल्मले पहिलो र दोस्रो दिन गरि अल नेपाल १ करोड २० लाखको आसपासमा विजनेश गरेको छ । उनले अगाडि थप्दै भने, ‘क्यूएफएक्समा हामीले ओपनिङ शो १३ वटा पाएका थियौं तर भोली आइतवारबाट १४ शो पाएका छौं । खासमा शुक्रवार र शनिवारको विहान र साँझको शो आइतवारबाट मल्टिप्लेक्सहरु घटाउने गर्छ तर हाम्रो भने झन बढेको छ ।’ उनका अनुसार, क्यूएफएक्स अन्तर्गत सबै मल्टिप्लेक्सहरुले आइतवारबाट फिल्मको शो बढाएका छन् । हामीले उनलाई प्रश्न गर्‍यौं कि ‘धनपति’ ‘पशुपतिप्रसाद’

Maya ko Khel -Ujan Nembang,New Nepali Song 2017 Ft.Priya Rani Lama,Drisya Subedi&Ravi Khadka.

Image
Singer : Ujan Nembang Song : Maya ko khel Lyrics : Raaju Babu Shrestha Music : Tangsang Nembang Arranger : Avijit Chakraborty(Bangladesh) Guitarist : Avijit Chakraborty Mixing/Mastering : Chandra Chaudhary Studio : Acustic Recording Studio,Naxal,Ktm. Artists: Drisya Subedi,Ravi Khadka, ft. Priya rani Lama Cinematographer: Arjun Tiwari &Team Colorist:Nishan Ghimire Editor:Nishan Ghimire Director: Ujan Nembang © copyright 2017 Dhakatopi Nepal. To stay updated please CLICK HERE to SUBSCRIBE: http://www.youtube.com/channel/UCqOnn... Dhakatopi Nepal Pvt. Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Visit us @ www.dhakatopinepal1.blogspot.com Connect WithDhakatopi Nepal: Facebook Page: http://www.facebook.com/dhakatopi.nep... Twitter: https://twitter.com/twitter:https://t... Instagram: https://instagram.com/dhakatopinepal1

New Nepali Movie PREM GEET 2 Club Song MOTORCYCLE MA Ft. Pradeep Khadka, Swastima Khadka

Image
Aasusen Films Production Presents New Nepali Movie Prem Geet 2 In Cinemas 13th Shrawan, 2074/28th July, 2017 Song's Title: Motorcycle Ma Singer: Indira Joshi, Pratap Das Artist: The Cartoonz Crew & Aaslesha Thakuri Lyrics: Rajesh Kumar Shrestha, Babin B. Adhikari Music: Alish Karki Arrangers: Bijeshwor Tandukar, Gopal Rasaili, Alish Karki Choreographer: Saroj & Aashma Video Concept/Direction: Saroj Adhikari Cast: Pradeep Khadka, Aaslesha Thakuri, Bhuwan Chand, Kailash Katuwal, Kabita Regmi, Sishir Bhandari, Kumar Karki, Mukta Babu Acharya, Shraddha Prasai, Santosh K Karki, Bishnu Subedi, Sangeeta Napit, Prashant Ghimire, Saurav Khatri, Nikesh Sharma, Lalit Bista Special Appearance: Swastima Khadka Singers: Indira Joshi, Rohit John Kshetri, Shreya Shotang, Pratap Das, Sagar Sansar Rai Lyrics: Amrit Marhathha, Manisha Khadka, Rohit John Kshetri Music: Kalyan Singh, Alish Karki, Rohit John Kshetri Art Director: Bijay Rai, Sudip Ghising Costume Designer: Yubi T

Niyali by Rupak Dotel || Kiran Michael Ghimire || New Nepali Song 2017 || Official Video HD

Image
Niyali by Rupak Dotel || Kiran Michael Ghimire || New Nepali Song 2017 || Official Video HD Published on 28 May 2017 Niyali.....................(Shirshak) Vocal - Rupak Dotel Lyrics/Music- Kiran Michael Ghimire Arrange - Maharaj Thapa Actors - Nirajan/Sofiya Camera - Roshan Shrestha Edit -Suprim Parajuli Director -Bibhore Pokharel Audio on Asian Music © ASIAN MUSIC 2016 Business Inquiries: info@asianmusic.com.np

Talkyo Jawani - New Nepali Movie DUI RUPAIYAN Song 2017

Image
Talkyo Jawani - New Nepali Movie DUI RUPAIYAN Song 2017 G21 Production & Black Horse Pictures Presents! Film: Dui Rupaiyan Song: Talkyo Jawani Lyrics: Ektaare & Suraj Shahi Thakuri Music: Roshan Thapa Vocals: Asif Shah, Nischal Basnet, and Meena Niroula Music Arranger: Rajan Ishan Mixing: Kishore Thapa

प्रेम गीत-२ कि नायिका अश्लेशाको नाच्दा नाच्दै अन्डर वेयर देखिएपछी समाचार यसरी भाईरल भयो।भिडियो सहित् हेर्नुहोस्।

Image
यती बेला,प्रेम गीत २ कि नायिका ,अश्लेशा शाही ठकुरी ,वार्ड्रोब माल फङ्सन्को सिकार भएकी छिन्। चलचित्र प्रेम गीत २ को,अल नेपाल पब्लिसिटीको  लागि कुदिरहेको टिमले गत आइत बार नेपाल गन्जको राम लीला मैदानमा एक कार्यक्रमको आयोजना गरेको थियो। सोही कार्यक्रममा प्रेम गीत २ को नायक प्रदिप खड्का सँग डान्स गर्ने क्रममा नायिका अश्लेशा वार्ड्रोब माल फङ्सन् को सिकार भएकी हुन।यो कुरा अहिले नेपाली  मिडिया लगायत सामाजिक सन्जाल भरी भाईरल भएको छ।हुनत बलिवूड जस्तै कलिवूडमा पनि आफ्नो चलचित्र रिलिजको समयमा नायक नायिकाहरुले बिभिन्न पब्लिसिटी स्टन्ट हरु नगरेका हैनन तर यस् पटक नायिका अश्लेशाको भाईरल मय उक्त समाचारले होस् हवसनै उडेको कुरा जानकारीमा आएको छ्। उक्त कार्यक्रममा सहभागि दर्शकहरुको अनुसार अश्लेशाले डान्स गर्ने समयमा भित्री बस्त्र नलगाएको आरोप छ तर यो कुरालाई अश्लेशा ठाडै इन्कार गर्छिन। आफुले डान्स गर्दा वन पिस छोटो कपडा लगाएको मात्र हैन भित्री बस्त्र पनि लगाएको हो तर त्यहाको एक लोकल पत्रकारले लो एङगल बाट तस्बिर क्याप्चर गरेर न्युज लेखी यो सामान्य कुरालाई ठुलो इस्सु बनाइदियो।ठुल ठुला पत्रकारहरु समेतले उन

चलचित्र ग्याङस्टार ब्लुजको ट्रेलर सार्वजनिक।

Image
निर्देशक हेमराज बि.सी.निर्देशित पाँचौ चलचित्र ग्याङस्टार ब्लुजको ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधवार एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा ग्याङस्टारहरु बिचको द्धन्दलाई देखाईएको छ । साथमा प्रेम र रोमान्स पनि देख्न सकिन्छ । अनन्य फिल्मस र विसि मोशन पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको चलचित्रका निर्माता सरोज न्यौपाने हुन् । शाहिल खानले तयार पारेको ट्रेलर हेरी सकेपछि नायक आशिरमान देशराज र आना शर्माले तारिफ पाएका छन् । यस अघि अनमोल केसीलाई डेब्बु गराएको हेमराज विसिले आशिरमानलाई यहि चलचित्रबाट डेब्बु गराएका हुन् । ट्रेलर रिलिज सार्बजनिक कार्यक्रममा चलचित्रको ट्रेलरमा केही असभ्य शब्दहरु राखेको भन्दै केही सञ्चारकर्मीले निर्माण युनिट समक्ष प्रश्न तेर्स्याएका थिए । हेम राज बि.सी.निर्देशित यस अघिका चार चलचित्र मध्ये तिन चलचित्रमा अनमोल के.सी.मुख्य भूमिकामा रहेका थिए र तिनै चलचित्र सफल बनेका थिए । यस चलचित्रमा आशिरमान र आनाको साथमा संयम पुरी, प्रमोद अग्रहरी, अनुपम शर्मा, राम बाबु गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्र आउँदो भदौ २ गतेबाट सार्बजनिक प्

५ दिनमा ५ किलो तौल घटाउन चाहनुहुन्छ?यसो गर्नुहोस्।

Image
सामग्री : ६० ग्राम हरियो धनियाँ, एक कागती, ४ गिलास पानी बनाउने विधि : एक भाँडामा कागतिलाई दुई भागमा काटेर निचोर्नुहोस् । त्यसमा मसला भएको धनियाँ र पानी राख्नुहोस् । त्यो घोल्नुहोस् । त्यसपछि स्वस्थ जुस तयार हुनेछ । यस जुसलाई खाली पेटमा लगातार ५ दिन सम्म पिउनुहोस् । हरियो धनियाँले पाचन शक्तिलाई त बढाउँछ नै साथै रोग प्रतिरोधी क्षमता पनि बढाउनेछ । यसले रगतमा भएको फोहोरलाई सफा गर्छ । कागतिले उच्च रक्तचापलाई नियन्त्रण गर्छ । यो जुसलाई ५ दिन सम्म खालीपेटमा पिएपछि तपाईंको तौल करिब ५ किलो घट्नेछ ।

Singer/Actor : Baboo Bogati

Image

मृर्गौला पिडीत राईद्वारा सहयोग अपिल।आउ हामी सबै मिली उनलाई सहयोग गरौ।

Image
झापा,तोपगाछी-८ का ४५ वर्षीय देउकुमार राईको दुवै मृर्गौला फेल भएको २ बर्ष भयो। तर रकम अभावका कारणले मृर्गौला प्रत्यारोपण गराउन सकिरहेका छैनन्। गाउँमा उपचार सम्भव नभएकाले अहिले उनी काठमाडौं बत्तिसपुतलीमा अस्थायी रुपमा बसेर नेशनल किड्नी सेन्टर हस्पिटल बनस्थलीमा उपचार गराउँदै आएका छन। श्रीमतीसँगै काठमाडौंमा बसिरहेका उनी आफ्नो दैनिक गुजारा र नियमित डाइलासिसको लागि मासु पसल चलाउँछन्। "आफन्त, इस्टमित्र र पसलबाट आएको पैसाले डाइलासिस गराउँदै आईरहेका छु" राई भन्छन् "पैसा नभएको बेला त डाइलासिस गर्न पनि सम्भव हुन्न।" बिरामी भएदेखि नै उनी मृर्गौला प्रत्यारोपण गराउन चाहन्थे । तर कमजोर आर्थिक अवस्था भएको कारण उनले प्रत्यारोपण गराउन सकेका छैनन्। "मसँग भएको  सम्पत्ति डाइलासिस र औषधी गर्दा सकियो, अरु रकम नहुँदा प्रत्यारोपण गर्न सकेको छैन," उनी भन्छन् , "मृर्गौला प्रत्यारोपण गर्न पाए फेरी केही गर्न मन छ ।" त्यसैले उनले सहयोगको याचना गरेका छन। सहयोगी हातहरूले राईको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंकको खाता नं १३४००३५९१११० मा रकम जम्मा गरेर सहयोग गर्न सक्नुहु

काखी गन्हाउने समस्याबाट छुटकारा दिलाउने घरेलु उपाय जान्नुहोस्।

Image
एजेन्सी । गर्मी मौसममा पसिनाका कारणले शरीर गनाउने समस्या सबैलाई हुन्छ । यसका लागि मानिसहरुले विभिन्न उपायहरु अपनाउने गरेका छन् । बजारमा पाइने विभिन्न बास्नादार सेन्टहरु प्रयोग गरेतापनि मानिसहरुले यो समस्याबाट मुक्ति पाएका छैनन् । यस्ता सेन्टहरु धेरै समयसम्म नटिक्ने हुनाले पनि कतिपय मानिसहरुलाई यसका कारणले आफ्नो छविमा प्रभाव पर्ने डर हुन्छ । समूहमा काम गर्ने व्यक्तिहरु विशेषगरी यस समस्याका कारण धेरै निराश हुने गरेका छन् । यसैकारण यस्ता दुर्गन्धलाई सधैँका लागि हटाउन विभिन्न घरेलु उपायहरु अपनाउन सकिन्छ । फिट्किरी शरीरको गन्ध हटाउनमा फिट्किरी सबैभन्दा उपयोगी मानिने गर्छ । यसमा पाइने एन्टिब्याक्टेरियल गुणले गन्ध फैलाउने ब्याक्टेरियाहरुलाई नष्ट गर्न सक्छ । त्यसैले दैनिक फिट्किरीलाई दुई मिनेटसम्म पानीमा डुबाएर राख्ने अनि त्यो पानीले आफ्नो काखी सफा गर्ने हो भने तपाईले यसको केही दिनमै यसको सकारात्मक परिणाम पाउन सक्नुहुनेछ । नत्र फिट्किरीको टुक्रालाई नै सिधै काखीमा दलेर पनि गन्धबाट राहत पाउन सकिन्छ । बेबी पाउडर शरीरको गन्धलाई कम गराउन बेबी पाउडर पनि निकै लाभदायी छ । आफ्नो काखीमुनि बेबी

गायक यदु राइको "मन को गहिराइमा"गीतको म्युजिक भिडियो हेर्नुहोस्।

Image
गायक यदु राइ लकान्द्रीको नयाँ गीत"मन को गहिराइमा" बोल रहेको गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ। इन्दिरा प्रयास को शब्द रहेको उक्त गीत लाई रमेश सङ्रौलाले संगीत गरेका छन भने संगीत सन्योजन राजु कारीको रहेकोछ। रविन शंकरले कोरियोग्राफी गरेको भिडियो लाई अहिले ब्यस्त हुँदै गरेका क्यामरा मेन मुकेश हुमागाइले खिछेका छन भने प्रदिप दाहालले सम्पादन गरेका हुन।भिडियो मा दिपक चाम्लिङ,सरला थापा,एलिपज्,अजय र एलेक्स को डान्स तथा अभिनय हेर्न पाइन्छ। भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

"मिस टिन पुर्वाञ्चल २०१७" काे तेस्राे संस्करण अडिशन नजिकिदै।।

Image
पूर्वाञ्चल (प्रदेश न.१)मा रहेका १३ देखि १९ बर्ष सम्मका किशाेरीहरु प्रतिभा प्रस्फुटन तथा माेडलिङ्ग क्षेत्रमा रुचि भएका किशाेरीहरुलाई उचित प्रशिक्षणबाट अन्तर्राष्ट्रिय स्तर सम्मकाे क्षमतावान बनाउने उद्देश्यका साथ बिर्ता मिडिया एण्ड इन्टरटेण्टमेण्ट प्रा.लि.काे आयाेजनामा "मिस टिन पुर्वाञ्चल २०१७" काे तेस्राे संस्करण आयाेजना हुन गई रहेकाे छ। मिस टिन बिजेताले बाेष्टन एजुकेशन सेन्टरकाे संयाेजनमा Echilon excellence engineering education बाट पाँच लाख बराबरकाे छात्रबृति (scholarship) , अन्य बिभिन्न आकर्षक पुरस्कार हरु तथा उत्कृष्टले म्युजिक भिडियाे हरुमा समेत अवसर रहेकाे जानकारी यस प्रा.लि.का संयाेजक तथा प्रमुख काेरियाेग्राफर राज सुब्बा लावतीले दिनु भयाे। त्यसै गरि यस कार्यक्रममा व्यक्तित्व तथा नेतृत्व विकास, उदघाेषण, नृत्य,गायन,नेपाली संस्कृति,सामाजिक रहनसहन,काेरियाेग्राफी,आत्मविश्वास,फाेटाेग्राफी , पत्रकारिता तथा माेडलिङ्ग संग सम्बन्धित सम्पुर्ण बिषयकाे प्रशिक्षण गराइने जानकारी यस प्रा.लि. का निर्देशक एल.सि.श्रेष्ठ ज्युले दिनु भयाे। बिगत १० बर्ष देखि बिर्ता मिडियाले विभिन्न ठाउह

दिपक लिम्बु र श्रेया सोताङको म्युजिक भिडियोमा मोडल"हेमराज अन्छाङ्बो र सुस्माको रोमान्स।

Image
> पछील्लो समय नेपाली गीत हरुको म्युजिक भिडियो छायान्कन धेरै जसो बिदेश तिर हुने गरेको छ।अझ हङ्कन्,दुबै,युके,युरोप र अमेरिका ज्यादातर बन्ने क्रम बडदो छ।यसै क्रममा केही हप्ता अगाडि गायक दिपक लिम्बु र गायिका स्रेया सोताङ को सुमधुर आवाजले सजिएको‘सिरु खाश’शिर्शक गीत को म्युजिक भिडियो सार्वजनिक भएको छ।उक्त गीत को  भिडियो हङ्कङ मै छायान्कन गरिएको छ। उक्त गीतमा शब्द मिना सिंघकको रहेको छ भने लोकप्रिय संगीतकार राजु सिंहको संगीत रहेको छ। भिडियोमा हेमराज अन्छङ्बो र सुस्मा लिम्बूको अभिनिय हेर्न सकिन्छ।भिडियोमा कलाकारद्वयले तेह्रथुमे ढाका बुटिकले तयार गरेको ढाका पहिरनहरु लगाएका छन। विक्रम गुरुङको छायान्कन रहेको यस् भिडियोलाई चर्चित सम्पादक निशान घिमिरेले सम्पादन गरेका छन। निर्देशन युगल पोमोको रहेको छ।  भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

सुनिल सिङ र भिम फेदी गाईजको नयाँ म्युजिक भिडियो"दिमाग खालि"हेर्नुहोस्।

Image
गायक सुनिल सिंह ठकुरीको नयाँ गीत दिमाग खाली सार्वजनिक भएको छ। लभ क्याफे फिल्ममा रहेको उक्त गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ भने अल्मोडा राना उप्रेतीले गीतको एरेन्ज गरेका हुन। भिडियोमा भिम फेदी गाईजलाई फिचर गरिएको छ। एस गीतको भिडियो मोहनराज अधिकारिले निर्देशन् गरेका हुन। ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन। भिडियोमा रन्जित पौडेल, दीपेन्द्र कार्की, पूजा परीयार र कुसुम गुरागाईको अभिनय रहेको छ। "हालत खराब" "घटना घट्यो" र "१४ अंचल" जस्तो सफल गीतहरु गाएका गायक सुनिल सिंह ठकुरी एउटा नँया गीत मार्फत फेरी प्रस्तुत भएका छन् । केहि महिना अघि युट्युबमा गीतको अडियो सार्वजनिक गरेपछि निक्कै राम्रो प्रतिकृया पाएर हौसिएका यी गायक ले भर्खरै सोहि गीतको भिडियो लिएर पुन उपस्थित भएका हुन् । कलेज पढ्ने केटाहरुमा केन्द्रित रहेर बनाइएको यो गीतको शब्दले जो कसैको बास्तबिक जीवनसंग पनि मेल खान सक्ने भएकाले आफुले यो गीत बनाएको गायक सुनिल सिंहको भनाइ थियो। गायक सुनिलसंगको कुराकानी बृस्तित रूपमा हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नु