Posts

Showing posts from May, 2018

गायक कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडीयो)

Image
काठमाडौं –गायक कमल के क्षेत्रीले अर्को नयाँ गीत लिएर दर्शक र श्रोता माझ आएका छन् । आज तथा जेठ १७ गते आफ्नो जन्मदिनको अवसर पार्दै कमलले कहाँ पाइन्छ र बोलको गीत सार्वजनिक गरेका छन् । विभोर पोखरेल निर्देशित भिडियोमा मोडल अकेशा विष्ट र कमल के क्षेत्री फिचरिङमा छन् । भिडियोको छायाँकन कलकत्ताको वेष्ट बंगालमा गरिएको हो । अनिल के मानन्धरको छायाँकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।    नेपाली म्युजिक भिडियो हेर्नको लागि तलको लिन्क क्लिक गर्नुहोस्।  

फिल्म‘कस्मिक लभ”बन्ने भयो,कलाकारमा प्रशान्त, दीया र अर्पण।

Image
काठमाडौँ – फिल्म कस्मिक लभ निमार्ण हुने भएको छ। फिल्ममा अभिनेता प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दीया मास्केको अभिनय रहने छ। शंकर अधिकारीले निर्देशन गर्ने ‘कस्मिक लभ’का लागि यी तीन कलाकार एउटै फिल्ममा पहिलो पटक जोडिएका हुन् । मूभी मेकर्सको व्यानरमा सुरज प्रधानको प्रस्तुति रहने फिल्मलाई जय गौतमले निर्माण गर्ने छन् । भने फिल्ममा प्रशान्त, दीया र अर्पण बाहेक अन्य कलाकार भने छनौट हुन बाँकी रहेको छ। शेखर ज्ञवालीको कथा रहने कस्मिक लभ असार १ देखि छायाँकनमा जानेछ । फिल्मलाई सुरेश बज्राचार्यले खिच्ने छन् भने फिल्ममा बाबु साहेबको द्वन्द, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने छ । नेपाली म्युजिक भिडियो हेर्नको लागि तलको लिन्क क्लिक गर्नुहोस्।

मलिना र मनिषको प्रेम ‘तिमि हुन्छौ जहाँ जहाँ’ ट्रेलर सार्बजनिक (भिडियो)।

Image
लभस्टोरी जनरामा बनेको चलचित्र ‘तिमि हुन्छौ जहाँ जहाँ’ को ट्रेलर सार्बजनिक गरिएको छ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो असार ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को ट्रेलरले प्रेम र विछोडको कथा बोलेको छ। पूर्ण रुपमा लभस्टोरि चलचित्रमा मनिष सुन्दर श्रेष्ठ,मलिना जोशी,स्वरुप पुरुष ढकाल, रबी गिरी, विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा वर्षा सिवाकोटी अतिथि भूमिकामा देखिने छिन् । बिकाश बस्यालको निर्देशन रहेको चलचित्रमा माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस चलचित्रमा रोशन श्रेष्ठको द्वन्द निर्देशन रहेको छ । मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ का कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह-निर्मात्रीमा रहेकी छिन् । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ । भिडिय

‘पण्डित बाजेको लौरी’ पहिलो गीत ‘चोली तुना’ सार्वजनिक (भिडियो)।

Image
काठमान्डौ। साउन ४ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पण्डित बाजेको लौरी’ को गीत भिडियो सार्बजनिक गरिएको छ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ‘चोली तुना’ बोलको गीत सार्वजनिक गरिएको हो । दीपक ओली निर्देशित चलचित्र ‘पण्डित बाजेको सार्बजनिक गीतमा सन्ध्या के.सी सँगै मरिश्का पोखरेल, भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी लगायतका कलाकार फिचर्ड छन् । गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत, मिना निरौला र श्रीकृष्णकै स्वर र बिक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।  नेपाली राष्ट्रिय गीतको म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।  

‘लिलिबिली’जोडी प्रदिप र जसिता पुन:चलचित्र‘लभ स्टेशन’मा।

Image
काठमाडौँ। अभिनेता प्रदिप खड्काको कगानी र अभिनय रहने चलचित्रको नाम ‘लभ स्टेशन’ जुरेको छ उज्जवल घिमिरेले निर्देशन गर्ने चलचित्र ‘लभ स्टेशन’ मा ‘लिलिबिली’ नायिका जसिता गुरुङ र प्रदिप खड्काको मुख्य भूमिका रहनेछ । प्रदीपसँगै गोविन्द शाही निर्माता रहेको चलचित्रको लागि अन्य दुई अभिनेत्रीको खोजी भई रहेको बताईएको छ । निर्माता शाहीका अनुसार चलचित्रमा तीन अभिनेत्रीको प्रमुख भूमिका रहनेछ । प्रदीप अहिले निरक पौडेलको निर्देशनमा बनिरहेको चलचित्र ‘रोजि’को छायांकनमा व्यस्त छन् । ‘रोजी’ को काम सकिए लगतै छायाँकनमा जाने ‘लभ स्टेशन’को स्क्रिप्टको काम अन्तिम चरण रहेको बताइएको छ । काफिया फिल्मस् र प्रदीप मिडिया प्रालिको व्यानरमा निर्माण हुने चलचित्रको अन्य प्राबिधिक हरु छनोट भई रहेको छ चलचित्र आगामी बर्षको फागुन २४ गते प्रदर्शनमा ल्याउने लक्ष्य रखिएको छ ।  नेपाली राष्ट्रिय गीतको म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।

चलचित्र ‘ब्ल्याक’भदौ १ गते बाट हल-हलमा।

Image
जेठ ११ गते लाइ आफ्नो प्रदर्शन मिति तोकेको चलचित्र ‘ब्ल्याक’ को प्रदर्शन मिति फेरबदल भएको छ । बैशाख अन्तिम सातासम्म नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघ बीचको शेयर बाँडफाँडको विषयमा भएको विवाद र जेठ पहिलो सातादेखि घोषणा गरिएको (यसअघि नै सहमतिमा स्थगित) आन्दोलनको कारण प्रचार प्रसारमा प्रभाव परेको कारण देखाउँदै चलचित्रले प्रदर्शन मिति सारेको हो चलचित्र ‘ब्ल्याक’अब भदौ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्रलाइ प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन्।    मौनता श्रेष्ठको कथा रहेको ‘ब्ल्याक’ मा कोरियोग्राफी रामजी लामिछानेको रहेको छ भने छायांकन रामशरण उप्रेतीले गरेका हुन् । आश्मा पाण्डेको निर्माणमा बनेको चलचित्रमा आकाश र आँचलका अलावा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल मुख्य भूमिकामा रहेका छन् । द्वन्द्व चन्द्र पन्तको रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।  नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।  

थोमस थूलुङ राइको‘म सधै तिम्रै हुँ’(भिडियो सहित)।

Image
काठमाडौं। गायन क्षेत्रमा चर्चा कमाएका गायक यमन माझी यतिबेला म्युजिक भिडियो निर्देशन तर्फ लागेका छन । यमन माझीले निर्देशन गरेको ‘म सधै तिम्रै हुँ’ बोलको गीतको म्युजिक भिडियो गुड फ्राइडेको साइत बनाएर सार्वजनिक गरिएको छ । गीतमा थोमस राइको स्वर, रुवेन शाहीको संगीत र टीका चाम्लिङको शब्द सङकलन रहेको छ । गीतको भिडियोमा निरन्तर फिल्म तथा गीतसंगितमा लागिरहेका कलाकार अर्जुन खडकाले अभिनय गरेका छन । खड्काको साथमा प्रमिला माझी देखा परेकी छन । निकै आकर्षक तरिकाले छायाँकन गरिएको उक्त गीतलाई अर्जुन खड्काले सम्पादन गरेका हुन । हेर्नुहोस भिडियोमा।    नेपाली म्युजिक भिडियो हर्न तलको लिन्क खोल्नुहोस्।  

शैलेन्द्र खोखालीको निर्देशनमा प्रेम वियोगको कथा:अलिशाको रातहरु।

Image
उजन नेम्बाङ,काठमान्डौ। गीतमा प्रेम सर्वाधिक विकाउ विषय हुन् । प्रेमसँगै वियोग पनि । प्रेम–वियोगका गीतहरु थुप्रै गाइएका छन् । चलेका छन् । यसै मेसोमा थपिएको छ, रातहरु । अलिशा गुरुङद्वारा स्वरवद्ध यो गीत अरुन तिवारीले लेखेका हुन् । विक्रम थापाले संगीत गरेका छन् । यो गीतको हालै म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। सविज मिडियाले उत्पादन गरेको यो म्युजिक भिडियोलाई शैलेन्द्र खोखालीले निर्देशन गरेका हुन् । दुई दर्जन बढी म्युजिक भिडियो निर्देशन गरिसकेका शैलेन्द्रले यो म्युजिक भिडियोलाई कलात्मक रुपले प्रस्तुत गरेका छन् । म्युजिक भिडियोको निर्देशक मात्र होइन, सम्पादन गर्ने र क्यामेरा चलाउने पनि उनी नै हुन् । भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्। नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस्।

फिल्म निर्माता वाग्लेसमेत ६ जना साढे दुई करोड नक्कली नोटसहित पक्राउ (भिडियो)

Image
काठमाडौं, जेठ २ । महानगरीय प्रहरी परिसर काठमाडौंले साढे दुई करोडभन्दा बढी नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चलचित्र निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी र विवेक नापित रहेका छन् । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी उनीहरुसहित उनीहरुबाट बरामद गरिएको नक्कली नोट सार्वजनिक गरेको छ । उनीहरुले विभिन्न स्थानमा राखेको दुई करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । गोंगबु, लुभु र बागबजारबाट यी नोट बरामद गरिएको पनि प्रहरीले जनाएको छ । भक्तपुरको नवज्योति प्रिन्टिङ प्रेसका सन्चालक प्रकाश सुवेदीले बागबजारको जय भोलेबाबा प्रिन्टिङ प्रेसका सन्चालक विवेक नापितलाई नोट छाप्न दिएको र जय भोलेबाबा प्रेसमा नोट छापिएको थाहा भएको पनि प्रहरीले जनाएको छ । नोट बनाउन प्रयोग गरिएका चारओटा ‘प्लेट’ पनि फेलापरेको प्रहरीले जनाएको छ । यस्ता नक्कली नोटहरु होटल रेस्टुराँमा बिल तिर्ने, यौनकर्मीलाई दिने, जुवातास खेल्ने, लागुऔषध कारोबारमा लगाउने र सक्

अभिनेता शिबको छोरा र अभिनेत्री करिश्माको छोरीको रोमान्स।

Image
चलचित्र ‘एउटा यस्तो प्रेमकहानी’ मार्फत अभिनेता शिब श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरको छोरी कबिता मानन्धर चलचित्रमा डेब्यु गर्दैछन् । चलचित्र ‘एउटा यस्तो प्रेमकहानी’ मार्फत यी दुइ सफल कलाकारका सन्तान नेपाली रजतपटमा प्रवेश गर्न लागेको चलचित्र निर्माण युनिटले राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर जानकारी गराएको हो । अभिनेत्री करिश्मा मानन्धरले फिल्म ‘सन्तान’मा डेब्यु गर्दा उनको उमेर १४ वर्षको थियो । अहिले उनकी छोरी कविता मानन्धर डेब्यु गर्दा उमेर २१ वर्षको छ । लामो समय अमेरिकामा बसेर उतै पढाई पुरा गरेकी कविताले अभिनेता शिव श्रेष्ठको अष्ट्रेलियामा बस्दै आएका छोरा शक्ति संग स्क्रिन शेयर गर्दैछिन । नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।  

कमेडिपुर्ण चलचित्र ` पाण्डित बाजेको लौरी´ को टिजर रिलिज…(भिडियो सहित)।

Image
काठमाडौं । चलचित्र ‘पण्डीत बाजेको लौरी’को टिजर रिलिज भएको छ । यहि आउदो श्रावण ४ गतेलाई प्रदर्शन मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको छ । सार्वजनिक यस टिजरमा कमेडीले भरिपुर्ण छ । चलचित्रलाई दिपक वलीले निर्देशन गरेका छ्न । चलचित्रमा प्रविण खतिवडा, मरिस्का पोखरेल, विजय बराल, सन्ध्या केसी, प्रमोद अग्रहरी, अनुपम भण्डारी, लोकेन्द्र लेखक, अृ्जेस रेग्मी लगायत कलाकार लिड अभिनयमा रहेका छन। मित्र डि गुरुङले सम्पादन गरेको यस चलचित्रलाई बिदुर पाण्डेले छायांकन गरेको छ । महेश दवाडीको कथा पटकथा रहेको यस चलचित्रलाई तमनकुमार भण्डारीले निर्माण गरेका छन भने किशोर खड्का सह निर्मातामा रहेका छन् । श्रीकृष्ण बाम मल्ल र अमीत श्रेष्ठको संगीत रहेको यस चलचित्रमा गायिका मिना निरौला र श्रीकृष्ण बाम मल्लको गायन रहेको छ भने चलचित्रमा बिक्रम स्वारको कोरियोग्राफी रहेको छ ।  नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस्।  

खर्बुजाका ७ फाइदाहरु यस्ता छन्।

Image
गर्मी मौसम सुरु हुन् थाल्यो बजारमा बेच्न राखिएका खर्बुजा देख्ना साथ खाउँ खाउँ लाग्न थाल्छ । सामान्य तयातिर्खा मेटाउन र पानीको मात्रा शरीरमा सन्तुलित गर्न खाइने खर्बुजा प्रसस्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सीडेन्टहरु पाईन्छ । त्यसैले स्वास्थ्यका लागि अझ बढी लाभदायी हुन्छ । के केमा हुन्छ लाभ ? एक पटक हेरौँ : १. दमबाट बचाउँछ : खरबुजामा प्रसस्त मात्रामा पाईने भिटामिन सी ले तपार्इँलाई दमको रोगी बन्न दिदैन । २. रक्तचाप नियन्त्रण : अमेरिकन जर्नल अफहाइपरटेन्सनमा प्रकाशित अध्ययनका अनुसार खर्बुजा खाने ब्यक्तिमा उच्च रक्तचाप तथा मुटु सम्बन्धी रोग लाग्न पाउँदैन । ३. क्यान्सर : खर्बुजामा पाइने भिटामिन सी तथा अन्य एक्सिडेन्टले क्यान्सर बगाउने फ्रि रेडिकल बन्न दिदैन र क्यान्सर बाट बचाउँछ । त्यसैगरी यसमा पाईने लाइकोपिन नामक तत्वले प्रोस्टेट क्यान्सर हुन नदिने अध्ययनहरुले देखाएको छ । ४. पाचन प्रणाली : खर्बुजामा प्रसस्त मात्रामा पाइने पानी र फाइबरले पाचन प्रणलीलाई सन्तुलित राख्न मद्दत गर्छ । ५. हाइट्रेसन/शरीरमा पानीको मात्रा: खरबुजामा ९२ प्रतिशत पानी र प्रसस्त मात्रामा खनिज पाईन्छ । गर्मी म

अब बिहे नगरे पनि आमा बन्ने अधिकार, तयार भयो मस्यौदा

Image
काठमाडौँ, २ जेठ । संसारभरका महिला अधिकारकर्मीले दशकौंदेखि उठाउँदै आएको मुद्दा हो– ‘आफ्नो शरीर, आफ्नै हक’ ।जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौती हो । पश्चिमका धेरै मुलुकमा यही मुद्दामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाइसकेको छ । विवाह गरेर पनि आफ्नो इच्छाबिना यौनसम्पर्क राखे त्यसलाई बलात्कारै मान्ने कानुन त नेपालमा पनि बनिसकेको छ । अब भने पश्चिमा मुलुकमा झैं नेपालमा पनि बच्चा जन्माउन बिहे गर्नैपर्ने कानुनी व्यवस्था हट्ने भएको छ । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजननसम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । नेपाल कानुन आयोगमा अन्तिम चरणमा पुगेको विधेयकको सुरुवाती मस्यौदा महिलाहरूको परामर्शका आधारमा स्वास्थ्य मन्त्रालयले तयार पारेको हो । ‘हालसम्म नेपालमा प्रजनन स्वास्थ्यसम्बन्धी कुनै कानुन थिएन,’ आयोगका अध्यक्ष माधव पौडेलले भने, ‘संविधानले नै मौलिक हक खण्डमा महिलाको प्रजनन अधिकारलाई सुरक्षित गरेकाले तदनुसारको कानुन बनाउनु सरकारको दायित्व हो

मकालुको बेपत्ता विमान बाजुरामा भेटियो।

Image
मकालु एयरको सम्पर्क्विहीन विमान बाजुरामा भेटिएको छ । आज विहान सर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्क्विहीन भएको विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनु भएको छ । क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् । ‘सम्पर्क्विहीन विमानले बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरेको जानकारी आएको महाप्रबन्धक क्षेत्रीले वताउनु भयो । विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल रहेका छन् । नेपाली म्युजिक भिडियो हेर्न लिन्क खोल्नुहोस्।

गर्मिमा घामको एलर्जीबाट आफ्नो अनुहारलाई जोगाउन यस्तो उपाय अपनाउनुहोस्।

Image
गर्मीको समयमा हाम्रो अनुहारको धेरै नै स्याहार गर्नुपर्ने हुन्छ।अत्याधिक गर्मी र घामको कारनले गर्दा हाम्रो अनुहारको छालामा बिभिन्न समस्याहरु आउने सम्भावना हुन्छ।तसर्थ आफ्नो अनुहारको स्याहार सुसार गर्नु जरुरी हुन्छ।यहा केही टिप्स हरु हामीले दिएका छौ जुन तपाईं हामी सबैको लागि उपयोगी हुनसक्छ। 1/ नरम कपडालाई चिसो दूधमा डुबाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ । 2/ घाममा निस्कनुअघि सनस्क्रिन लगाउन नभुल्नुहोस् । 3/ घिउकुमारीले तपाईंको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ । त्यसैले डढेको छालामा घिउकुमारीको चोप लगाउनुहोस् । 4/ काँक्रो पिँधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ । 5/ घामबाट डढेको छालालाई जोगाउन कालो चियापत्ती लगाउन पनि सकिन्छ । 6/ नरम कपडालाई भेनेगरमा डुबाई घामले डढेको छालामा लगाउनुहोस् । 7/ पुदिनाले चिस्याउने काम गर्छ । हरेक दिन एक गिलास पुदिनाको जुस पिउनु फाइदाजनक हुन्छ । 8/ हरेक दिन दुईपटक चिसो पानीले नुहाउनुहोस् । 9/ घामले एलर्जी बनाएको ठाउँमा वा कोतरिएको भागमा आलु पिँधेर लगाउनुहोस् ।  नेपाली म्युजिक भिडियो हेर्न तलको लिन्क खोल्नुहोस

रुनुको फाईदाहरु जानी राखौ।

Image
काठमाण्डौ। मानिस खुसी हुँदा र दुःखी हुँदा रुने गर्छन् तर, मानिस रोएको हामी जोकोहीलाई पनि पनि मन पर्दैन । हाँस्दा स्वास्थ्यको लागि धेरै फाइदा हुनेबारे सुनेका छौं  तर, रुँदा हुने फाइदाको बारेमा कसैलाई थाहा नै नभएको हुसक्छ । त्यसैले आउनुस् हेरौं रुँदा हुने फाइदाका बारेमा १. रुँदा आँखाको दृष्टि क्षमतामा सकारात्मक प्रभाव पर्छ । आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहन पाउँदैंन र यसो गर्दा आँखाको दृष्टि क्षमता बढ्छ । ३. जब मानिस दुःखका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छन् । ४. शरीरमा म्याग्नीज बढी हुँदा थकाई, रिसजस्ता समस्या आउँछन् । रुनाले शरीरमा म्याग्नीजको स्तर कम हुन्छ, जसबाट मष्तिस्क राम्रो हुन्छ र मानिसले हल्का महसुस गर्छन् । ५. बढी तनाव महसुस गरिरहेका बेला रुने हो भने तनाव कम भएको महसुस गर्न सकिन्छ । रुँदा शरीरमा एन्डोर्फिन, ल्युकाइन–एन्काफालिन तथा प्रोल्याक्टिन नामक तत्वको स्तर कम हुन्छ, जसबाट तनाव पनि कम हुन्छ । ६. समस्या परेको समयमा दिमाग र मुटको लिंबिक प्रणाली सहज हुन्छ जसले आराम प्र

मृगतृष्णा फेशन हाउसको आयोजनामा “मिस गुरुङ्ग इन्टरनेशनल”को दोश्रो सिजनको तयारी।यो जेठमा सम्पन्न हुने।

Image
उजन नेम्बाङ। काठमाडौँ – मृगतृष्णा फेशन हाउसको आयोजना तथा स्टायल एडी ईन्टरटेनमेन्टको व्यबस्थापनमा “मिस गुरुङ्ग इन्टरनेशनल”को दोश्रो सिजनको तयारी तिव्र रुपमा भैरहेको छ । लामो समयदेखि देशका विभिन्न स्थान तथा विदेशमा समेत सफल फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल मृगतृष्णा फेशन हाउसको आयोजनामा हुन लागेको अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता “मिस गुरुङ्ग ईन्टरनेशनल २०१८” को दोश्रो सिजन सुरु गर्न लागेको हो । गुरुङ्ग समुदायका युवती लक्षित तथा यस समुदायका कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना हुदै आएको छ । प्रतियोगिताका लागि नेपालका वरिष्ठ व्यक्तित्व एवं चर्चित कलाकारहरुको उपस्थितीमा आर्मी अफिसर्स क्लबमा भव्य रुपमा आयोजना हुने मिसेस गुरुङ्ग इन्टरनेशनल प्रतियोगीताको अडिसनका लागि देशका विभिन्न स्थान तय भएको छ काठमाडौ लगायत देशका मुख्य शहर नवलपरासीको कावासोती, पोखरा,लमजुङ्ग, धरान,ईटहरी तथा नेपालगंजमा ईच्छुक गुरुङ्ग युवतीहरुको छनौट प्रक्रियाका लागि अडिसन राखिने मृगतृष्णा फेशन हाउसकी प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाई

डिट्ठाको चंगा ट्रेलर सार्बजनिक (भिडियो)

Image
उजन नेम्बाङ। काठमाण्डौ। जेठ २५ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको हाँस्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) को निर्देशनमा बनेको चलचित्र ‘चङ्गा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा कलाकार अंकित खड्का लक्ष्मी वर्देवा र बुद्दि तामाङ देखिएका छन् । ट्रेलरमा प्रेम र पैसाको चक्कर देखाइएको छ । बुद्दि तामाङ, कमलमणि नेपाल, अंकित खड्का, रेश्मा तिमल्सिना,लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई, लगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्र कमेडी जनराको पारिवारिक तथा सामाजिक चलचित्र भएको निर्देशक किशोर भण्डारीले बताए । रविन आचार्यको छायाँकन, राजनराज शिवाकोटी र कमल खत्रीको संगीत रहेको छ। निर्देशक भण्डारीकै कथा समावेश चलचित्रको निर्मात्री कलाकार समेत रहेकी रेश्मा नै हुन् । कार्यकारी निर्मातामा प्रकु पाण्डे रहेका छन् ।